Saturday 25th July 2026

पत्रकार खनाल र राईमाथि गरिएको कुटपिटको महासंघद्वारा भत्र्सना


तीतोपाटी-नेपाल पत्रकार महासंघले रुकुमका पत्रकार लोकेन्द्र खनाल र लोकमणि राईमाथि गरिएको कुटपिटको भत्र्सना गरेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी यी दुई घटनाले पत्रकारहरुको सुरक्षा अवस्था कमजोर रहेको उल्लेख गर्दै घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।

‘‘नागरिक दैनिकका रुकुम सम्वाददाता लोकेन्द्र खनाललाई नेकपा रुकुम पश्चिमका कार्यकर्ताहरुले छुरा प्रहार गरी गम्भीर घाइेत बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’’, महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘कार्तिक २३ गते रुकुमको बाँफीकोट– ६ मग्मामा स्थानीय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदे गरेको बेला कमलजंग खनाल, कर्णबहादुर कुसारी, कमोद कुसारी, कनिल कुसारी, विकास कुसारी, अमरसिंह कुसारीलगायतका दर्जनौं संख्यामा आएका नेकपा कार्यकर्ताहरुले पत्रकार खनालमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार खनालसहित घाइते भएका अन्य १२ जनालाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लगिएको थियो ।’’

‘‘नेपालीहरुको महान चाड भाइटीकाका दिन सत्तारुढ दलका कार्यकर्ताबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यो घटनाले पत्रकारको सुरक्षाको अवस्था कमजोर रहेको थप प्रष्ट्याएको छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको कडा भत्र्सना गर्दछ । घटनामा संलग्नलाई तत्काल कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकार खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको सबै व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।’’

यसैगरी समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईलाई प्रदेश १ का मुख्यमन्त्रीका सहयोगीले कुटपिट गरेको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । ‘‘नेपाल—अमेरिका पत्रकार संघ (नेजा) का अनुसार स्थानीय बिआरटी डटकम नामक न्यूज पोर्टलमा उपचारका लागि अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै मन्त्रीका मुख्य सहयोगी पारुहाङ राई र उमेश राईले अमेरिकामा तिहारको एक कार्यक्रममा सहभागी पत्रकार राईलाई बाहिर बोलाएर निर्घात कुटपिट गरेका थिए ।’’

अमेरिका रहेका नेपाली पत्रकारमाथि नेपालकै जिम्मेवार मुख्यमन्त्रीका सहयोगीबाट कुटपिट हुनु आफैंमा खेदजनक र गम्भीर विषय भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । ‘‘महासंघ यो घटनाको घोर भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ’’, विज्ञप्तिमा भनिएको छ ।

साभार- पहिलोपेज डट कम


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...