Thursday 24th September 2026

अंग्रेजी नयाँ वर्षको अवसर पारेर खुमन अधिकारी कुवैत आऊदै


बसन्त थापा-कुवैत,अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवैतको हवालीमा अंग्रेज़ी नया वर्ष २०१९ धमका तथा वार्षिक उत्सव आयोजना गर्ने भएको छ।

नया वर्ष सांगितीक धमकामा नेपालका चर्चित लोकदोहोरी दोहोरी गायक खुमन अधिकारी र स्थानीय कलाकार हरूले धमाका मच्चाउने भएका छन ।

कार्यक्रममा नेपालबाट चर्चित गायक साथै कुवैतमा रहेर गीत संगितमा आफ्नो पहिचान बनाईरहेका चर्चित गायकहरुको पनि प्रस्तुति रहनेछ ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतका अध्यक्ष डोल राज न्यौपानेले कुवैतवासी सबै नेपालीलाई सांगितिक नया वर्ष २०१९ धमकामा सहभागी भई भरपुर मनोरञ्जन लिन र सामाजिक कार्यमा सहयोग गर्न अपिल गरेका छन ।

अध्यक्ष न्यौपानेका अनुसार कार्यक्रम हवालीमा हुने तर हवाली कुन ठाउमा हुने भन्ने बारे आफुहरू हलको खोजीमा रहेको बताएका छन। 

नया वर्ष धमका तथा वार्षिक उत्सव  हवाली स्थित हलमा बिहानको ११ बजे बाट सुरुहुने भएको छ । सांगितीक कार्यक्रमलाई भब्यरूपमा सम्पन्न पार्न कुवैत स्थित सम्पूर्ण नेपाली हरूलाई चुले निम्तो गरेको छ,अध्यक्ष डोलराज न्यौपानेले मनोरञ्जनसँगै सामाजिक सेवाको कार्यमा सहयोग गर्न कुवैतवासी सबै नेपालीलाई आग्रह गरेका छन ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...