Saturday 24th October 2026

अंग्रेजी नयाँ वर्षको अवसर पारेर खुमन अधिकारी कुवैत आऊदै


बसन्त थापा-कुवैत,अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवैतको हवालीमा अंग्रेज़ी नया वर्ष २०१९ धमका तथा वार्षिक उत्सव आयोजना गर्ने भएको छ।

नया वर्ष सांगितीक धमकामा नेपालका चर्चित लोकदोहोरी दोहोरी गायक खुमन अधिकारी र स्थानीय कलाकार हरूले धमाका मच्चाउने भएका छन ।

कार्यक्रममा नेपालबाट चर्चित गायक साथै कुवैतमा रहेर गीत संगितमा आफ्नो पहिचान बनाईरहेका चर्चित गायकहरुको पनि प्रस्तुति रहनेछ ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतका अध्यक्ष डोल राज न्यौपानेले कुवैतवासी सबै नेपालीलाई सांगितिक नया वर्ष २०१९ धमकामा सहभागी भई भरपुर मनोरञ्जन लिन र सामाजिक कार्यमा सहयोग गर्न अपिल गरेका छन ।

अध्यक्ष न्यौपानेका अनुसार कार्यक्रम हवालीमा हुने तर हवाली कुन ठाउमा हुने भन्ने बारे आफुहरू हलको खोजीमा रहेको बताएका छन। 

नया वर्ष धमका तथा वार्षिक उत्सव  हवाली स्थित हलमा बिहानको ११ बजे बाट सुरुहुने भएको छ । सांगितीक कार्यक्रमलाई भब्यरूपमा सम्पन्न पार्न कुवैत स्थित सम्पूर्ण नेपाली हरूलाई चुले निम्तो गरेको छ,अध्यक्ष डोलराज न्यौपानेले मनोरञ्जनसँगै सामाजिक सेवाको कार्यमा सहयोग गर्न कुवैतवासी सबै नेपालीलाई आग्रह गरेका छन ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...