Wednesday 7th October 2026

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत द्वारा दुई लाख पन्चानब्बे हजार भन्दा बढी आर्थिक सहयोग ( विवरण सहित )


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा वर्ष आठका नजिन बि.कको अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा संचालन गरि ७७३.७५० कुवेती दिनार संकलन गरिएको हो ।

नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङ लाई हस्तान्तरण गरिएको हो ।

बिगत ६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो । उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली , दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग गर्दै आएको छ ।

नजिन बि.क बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरु लाई नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सहयोगी महानुभावहरुको नामावली र सहयोग रकम यस प्रकार रहेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...