Friday 29th March 2024

‘तनुश्री लेस्वियन हुन, उनले मलार्इ धेरै पटक बलात्कार गरिन’ – राखी सावन्त


तितोपाटी – बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् । उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड हंगामाले जारी गरेको छ ।

राखी सावन्त पत्रकार सम्मेलनमा साडी लगाएर टाउकोमा साडीको सप्का राखेर उपस्थित भएकी थिइन् । सबैभन्दा पहिले उनले भनिन्, ‘मलाई निकै दुःख लागिरहेको छ । आज म निकै उदास छु । धेरै भयो मिटू अब सिटूको सुरुवात गर्न चाहन्छु । आज म संसारलाई त्यो वास्तविकता बताउन चाहन्छु जसलाई मैले १२ वर्षसम्म लुकाएर राखें । आफ्नो अनुहार लुकाउँदै राखीको कामेको आवाजमा भने, ‘तनुश्रीले मेरो पटक–पटक बलात्कार गरेकी छिन् ।’

राखीले थपिन्, ‘मलाई यो कुरा सार्वजनिक गर्न निकै दुःख लागिरहेको छ । तर ममाथि अत्याचार भएको छ । मलाई हत्याको र सामूहिक बलात्कारको धम्की आइरहेको छ । ’

तनुश्रीले आफ्नो पटकपटक बलात्कार गरेको र गोप्य अंग छोएको भन्दै आरोप लगाएकी छिन् ।

राखीले मिडियासामू भनिन्, ‘तनुश्री तिमी मलाई यति धेरै चाहन्छौ मलाई थाहा थिएन । तनुले मेरो लागि आफ्नो कपाल पनि खौरिइन् । उनले आफैं मलाई यसबारे बताएकी थिइन् । अब तिमी खेल खेलिरहेका छौ । तिमीले इन्डष्ट्रिलाई बदनाम गरिरहेका छौ । नारको टेस्ट नाना पाटेकरको होइन तनुश्रीको हुनुपर्छ ।’

‘तपाईंहरुको सोचिरहनुभएको होला कि एक महिलाले महिलाको कसरी बलात्कार गर्न सक्छिन् ? तर म उनीबारे एउटा खुलासा गर्न चाहन्छु कि उनी एक समलिङ्गी हुन् । उनी एक महिला होइन, पुरुष हो । हो, उनी भित्री रुपमा एक पुरुष हुन् । उनले मलाई रेव पार्टीमा लैजान्थिन् । त्यहाँ उनी नशालु पदार्थ खाने गर्थिन् । मलाई यसबारे केही थाहा थिएन । उनले मलाई जबर्जस्ती खुवाउने गर्थिन् । त्यो खाएपछि म उडिरहेको छु जस्तो महसुस हुन्थ्यो ।’

उनले थपिन्, ‘तनुश्री १२ वर्ष अघि मेरो अति मिल्ने साथी थिइन् । म सबैकुराबाट अञ्जान थिएँ । तर आज म आफूमाथि भएको ज्यादतीबारे जानकारी दिँदै छु । पुरुषले मात्र बलात्कार गर्दैनन्, एक महिलाले पनि बलात्कार गर्न सक्छिन् । यो सुनेर मानिसहरु हाँसिरहेका होलान् तर यो वास्तविकता हो । तनुश्रीले मेरो पटक पटक बलात्कार गरेकी छिन् ।’

राखी सावन्तले तनुश्रीलाई तथानाम गाली गरेर नानामाथि नभएको आरोप लगाएको बताएकी छिन् । राखी र तनुश्रीबीच वाकयुद्ध चलिरहेको छ । मामला मानहानीसम्म पुगेको छ । तनुश्री नाना विवादमा राखीले खुल्ला रुपमा नानाको समर्थन गरिरहेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...