Saturday 25th July 2026

बिभिन्न महत्वकांक्षी योजना देखाएर करोडाैं ठग्ने दिनेश कोइराला नामको ठग पक्राउ


तितोपाटी – कयौँ सर्वसाधरणलाई ठगेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सर्वसाधरणबाट करोडौं ठगी गरेर फरार डीएन कोइराला भनिने दिनेश कोइराला पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान पक्राउ गरेको हो । खोटाङको दिप्रुङ् चुईचुम्मा गाउँपालिका–१ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यो सँगै कोइराला बिरुद्ध महाशाखामा ठगीको दर्जनौं उजुरी समेत परेको छ ।

दोलाखाको मोलुङ गाउँपालिका–९ पोवटी घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । कोइरालालाई बैंकिङ कसुर ठगी मुद्दामा पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । कोइरालाले करोडौं ठगी गरेको समाचार विभिन्न सञ्चारमाध्यमले लेखेका थिए । कोइरालाले विदेश पठाउने, जग्गा जमिनको कारोबार, व्यापार व्यवसाय गर्ने भन्दै करोडौं ठगी गरेका थिए । कोइरालाले ‘एकको दुई’ बनाइदिने सपना देखाउँदै सर्बसाधरणको करोडौं ठगेका थिए।

उनले सामूहिक लगानी गरेको व्यवसायबाट छोटो समयमै कमाउन सकिने लोभ देखाएर करिब २४ जना सर्बसाधरणलाई ठगेका खुलेको छ। कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्बसाधरणलाई धेरै ठगेका छन् ।

कोइरालाले मोरङको कानेपोखरीका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेड करोड, इटहरी–५ सुनसरीका सहदेब गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिबलाल पुरीबाट ९९ लाख ठगी गरेको खुलेको छ।

यसैगरी दुर्गापुरी राजघाट—८ मोरङका विष्णु धिमालबाट डेढ करोड ठगेका छन् । इटहरी—४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङककी रिता मगरबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङकी दिपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङका दुर्गा धिमालबाट ४० लाख ठगेका छन् , दुर्गापुरी राजघाट—८ मोरङका हरी धिमाल र दुर्गापुरी राजघाट—८ मोरङकी बुद्दीमायाँ धिमाल रहेका छन् ।

यसैगरी सिजुवा—२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन् । इटहरी—८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका छन् । झापाका सोले धिमालबाट ५० लाख, इटहरी—४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन् ।

यस्तै उर्लाबारी राजघाट—८ मोरङका सर्वसाधरणको घरबार नै उठेको छ । यस्तै इटहरी सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख, रतुमाइ नगरपालिका मोरङका निर्मल खड्काबाट १ करोड ३९ लाख ठगेका छन् ।

को हुन् कोइराला ?
दोलखाको पवटी गाविस–३ स्थायी घर भएका कोइराला नेपाली काङ्ग्रेस दोलखाका कांग्रेस कार्यकर्ता सीताराम कोइरालाका छोरा पनि हुन् । उनले सुरुमा काठमाडौंमा सामान्य व्यवसाय गर्दै आएका थिए ।

कानेपोखरी मोरङका पीडित उमेश घले गुरुङका अनुसार उनले कृषि फारम खोल्ने भन्दै पैसा मागे । उनले लगानी गर्न साथ दोब्बर हुने भन्दै परियोजनाका बारेमा पनि सुनाए । उमेश भन्छन्, ‘मलाई उनको योजना राम्रो लाग्यो, आफ्नो पनि आम्दानी होला कि भनेर डेढ करोड दिएँ ।’


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...