Saturday 25th July 2026

दुर्इ नेपाली चेली बेल्जियममा नगरपालिकाको काउन्सिलर पदमा चुनाब लड्दै


तितोपाटी – बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी निरौला यही अक्टोबर १४ तारिखमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरू दुवैजनाको विजयलाई धेरैले निश्चित् मानेका छन् ।

संयोगले दुवै जना नेपाली चेली बेल्जियमको दोश्रो लोकप्रिय पार्टी एसडी एण्ड भी का आधिकारिक उम्मेदबार हुन् ।

आप्रवासीमैत्री मानिएको पार्टी एसडी एण्ड भी ले बेल्जियमको संघीय सरकारसमेत नेतृत्व गरिसकेको छ । सन् २००८÷२००९ मा सिडी एण्ड भी का बरिष्ट नेता हरमन भ्यान रोम्पू बेल्जियमको प्रधानमंत्री भएका बेला कैयन नेपाली लगायतका अन्य देशका आप्रवासीहरूले गैरबेल्जियन नागरिकका रूपमा बैधानिकता पाएका हुन् ।

बेल्जियममा कानुनअनुसार बेल्जियन र गैरबेल्जियन आवासीय नागरिक दुवैले चुनावमा मतदान गर्न पाउने अधिकार छ ।

यस्तै आन्त्वरपेन शहरका नेपाली समुदायबीच प्रभावशाली व्यक्तित्व योगेन्द्र श्रेष्ठले सिडी एण्ड भी कै कारणले आफू बेल्जियममा बैधानिक भएर निर्धक्क साथ बस्न पाएको र बेल्जियन नागरिक सरह नेपालीलगायत गैरबेल्जियनहरुले पनि त्यहांको सबै अधिकार र सुविधा हकभोग गर्न पाएकोले आफ्नो भोट सिडी एण्ड भी पार्टीका उम्मेदबारहरूलाई जाने बताएका छन् ।

दुवै नेपाली चेलीलाई गत जनवरी महिनामा सिडी एण्ड भी ले आफ्नो पार्टीको आधिकारिक उम्मेदबार घोषित गरेपछि कस्सिएर चुनावी प्रचार प्रसारमा व्यस्त रहंदैआएका छन् । सिडी एण्ड भी पार्टीका नेता र मंत्रीहरू नै नेपाली समुदायका उम्मेदबारहरुको चुनावी कार्यक्रमहरूमा सहभागी भएकाले नेपाली समुदायको प्रतिष्ठा ह्वात्तै बढेर गएको छ ।

बेल्जियमको भ्रमणमा आएका बेला असोज ३ मा संविधान दिवसका उपलक्ष्यमा बेल्जियमको नेपाली राजदूतावासमा आयोजित समारोहका प्रमुख अतिथि परराष्ट्रमंत्री प्रदीपकुमार ज्ञवालीले लिला र रश्मीसंग भेटघाट गरेका थिए ।

लिला त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर उतीर्ण गरेकी छन् भने रश्मीले सेन्ट जेभियर्स कलेजबाट वाणिज्यशास्त्रमा स्नातक गरेकी छिन् । लिला र रश्मी दुवै कामकाजी महिला हुन् । नेपालमा छंदा दुवैजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनमा कार्य गरेको अनुभव हासील गरेका छन् ।

लिला हाल गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् समितिको सदस्य छन् भने बेल्जियम एसिया फोरम जस्तो संस्था गठन गर्नमा महत्वपूर्ण भूमिका रहेको थियो । रश्मीले नेपालमा रहंदा बैकिङ्ग र लैङ्गिक समानता सम्बन्धी राष्ट्रसंघीय परियोजनामा काम गरेको अनुभव राख्छिन् । सिडी एण्ड भी ले महिला सशक्तिकरण, आप्रवासी अधिकार र सामाजिक कार्यहरुमा दुवै महिलाको सक्रियतालाई ध्यानमा राखेर उम्मेदबारी चयन गरेको हो । तीज र नेपाल दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गने कार्यमा बेल्जियमका नेपाली महिला समुदायको उल्लेख्य भूमिका रहने गरेको छ ।

लिला आन्त्वरपेन नगरपालिकामा र रश्मी लूभेन नगरपालिकामा नेपालीमूलको पहिलो र एकमात्र महिला उम्मेदबार भएकाले उनीहरू नेपाली समुदायका मतदाताको प्राथमिकतामा परेका छन् । बेल्जियनका विभिन्न नगरपालिकामा नेपाली समुदायबाट झण्डै एक दर्जन पुरुष प्रत्यासीले पनि उम्मेदवारी दिएका छन् ।

नेपालको राजनीतिक आस्थाका आधारमा बेल्जियमको निर्वाचनमा उम्मेदवारी दिने होडबाजी चलेका कारण नेपाली समुदायको मत विभाजित हुने गरेकाले आजसम्म नेपाली समुदायकाले निर्वाचनमा विजयी बन्न सकेका छैन । यस पटकको निर्वाचनमा यी दुवै महिला चेलीहरुको उम्मेदवारीका कारण नेपाली समुदायको मत विभाजन नभई उनीहरुलाई विजयी गराउनुपर्ने धेरैको धारणा रहेको पाइन्छ ।

सडी एण्ड भी पार्टी निरन्तर सरकारमा बसेर देशको नीतिनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउंदैआएकोले नीतिनिर्माण तहमा नेपाली समुदायको पहु‘च बढाउन मद्दत पुग्ने भएकोले यस पार्टीप्रति नेपाली समुदायमाझ आकर्षण रहेको छ ।

आन्त्वरपेनबाट उम्मेदवारी दिने लिलाको नेपाली समुदायलाई यसपालीको निर्वाचनमा नेपाली महिलालाई विजयी गराई नेपाली समाजले एउटा ईतिहास कायम गर्न सफल हुनुपर्छ भन्ने आग्रह गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...