Tuesday 6th October 2026

“छक्का पञ्जा – ३” अाजबाट देशभर प्रदर्शन


तितोपाटी – यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । ‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए ।

‘छक्का पञ्जा ३’ले पनि रेकर्ड बनाउने निर्माण युनिटले दाबी गरेको छ । रिलिजका लागि आज सर्वाधिक हल पाएको यो चलचित्रले मल्टिप्लेक्समा समेत अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र चलचित्रको लागि ३० सोज दिइएको छ ।

चलचित्रको केही दिन पहिले बुकिङ खुल्ला गरिएको थियो । मुकिङमा पनि सबै टिकट बिक्रि भएका छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका कारण चलचित्रको उपनिङ ब्यवसाय राम्रो हुन्ने देखिएको छ । ‘छक्का पञ्जा ३’ यो बर्षकै धेरै ब्यवसाय गर्ने चलचित्र हुने धेरैको अनुमान छ ।

चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाईलगायतको मुख्य भुमिका रहेको छ, भने अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् ।

बिषयबस्तु पनि राम्रो उठाएको कारण यस पटक चलचित्र दर्शकले अत्याधिक रुचाउने निर्देशक दीपाले बताइन् ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...