Tuesday 6th October 2026

युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा, कुवेतबासी नेपालीलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा !! 


तितोपाटी – स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।

यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियानमा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रम कुवेतको नेपाली समाजमा आयोजना गरिएको हो ।

युगल साँझको अतिथी गायक तुल्सी शिवाकोटी यहि आउदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ को दिन स्थानिय समय अनुसार २४:३० बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा कुवेतमा कृयाशिल संघ- संस्थाको प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी साथै सम्पुर्ण कुवेत बासी नेपालीलाई उहाँको स्वागतको लागि एयरपोर्टमा उपस्थित हुनको लागि स्याङ्जा सहयोग समाज कुवेत हार्दिक अनुरोध गरेको छ ।

कुवेतमा कृयाशिल कूटनीतिक नियोग, सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई स्याङ्जा सहयोग समाज कुवेतले निमन्त्रणा गरिसकेको छ । यदि निमन्त्रणा पाउनु नभएकाले यसै सुचना लाई आधार मानी उक्त दिनको युगल साँझ कार्यक्रममा उपस्थितिको लागि स्याङ्जा सहयोग समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति, समय र स्थान निम्न बमोजिम रहेको छ ।
मिति:- १२ अक्टोबर २०१८ (शुक्रबार)
समय:- अपरान्ह १२:०० बजे
स्थान:- पपिन्स हल जिलिब, कुवेत


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...