Tuesday 27th October 2026

युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा, कुवेतबासी नेपालीलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा !! 


तितोपाटी – स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।

यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियानमा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रम कुवेतको नेपाली समाजमा आयोजना गरिएको हो ।

युगल साँझको अतिथी गायक तुल्सी शिवाकोटी यहि आउदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ को दिन स्थानिय समय अनुसार २४:३० बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा कुवेतमा कृयाशिल संघ- संस्थाको प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी साथै सम्पुर्ण कुवेत बासी नेपालीलाई उहाँको स्वागतको लागि एयरपोर्टमा उपस्थित हुनको लागि स्याङ्जा सहयोग समाज कुवेत हार्दिक अनुरोध गरेको छ ।

कुवेतमा कृयाशिल कूटनीतिक नियोग, सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई स्याङ्जा सहयोग समाज कुवेतले निमन्त्रणा गरिसकेको छ । यदि निमन्त्रणा पाउनु नभएकाले यसै सुचना लाई आधार मानी उक्त दिनको युगल साँझ कार्यक्रममा उपस्थितिको लागि स्याङ्जा सहयोग समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति, समय र स्थान निम्न बमोजिम रहेको छ ।
मिति:- १२ अक्टोबर २०१८ (शुक्रबार)
समय:- अपरान्ह १२:०० बजे
स्थान:- पपिन्स हल जिलिब, कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...