Thursday 24th September 2026

जापानी युवतीलार्इ जबर्जस्ती गरेको अारोपमा एक नेपाली युवक पक्राउ


तितोपाटी – यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोको ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ती यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् ।

गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’ भन्दा ति महिलाले बेवास्ता गरेपछि जबर्जस्ती चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

टोकियो महानगर प्रहरीका अनुसार युवती प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।

उनले प्रहरी संगको बयानमा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ । ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...