Wednesday 6th May 2026

अन्तर्राष्ट्रिय झापाली समाजको लगानी १ अर्व पुर्याउने घोषणा


तितोपाटी – दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य लिएको संस्थाका कोरिया संयोजक केपी सिटौलाले जानकारी दिए । गैर आवासिय झपालीहरुले स्थापना गरेको उक्त संस्थाले देशको आर्थिक विकाशमा एउटै जिल्लाबाट पनि कामको थालनी गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न यस्तो योजना ल्याईएको संयोजक सिटौलाले बताए ।

सम्मेलनले ७ बँुदे घोषापत्र जारी गर्दै जिल्लाको समृद्धिमा हातेमालो गर्ने निर्णय गरेको छ । घोषण पत्रमा समाजको तेस्रो सम्मेलन युरोपमा आयोजना गर्ने, समृद्ध झापा, समृद्ध प्रदेश नं १ तथा समृद्ध नेपाल निर्माणको लागी एन आर एन ए लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय संघसंस्थाहरूसँग आवश्यकता अनुसार सहकार्य गर्ने, झापा जिल्लामा हाललाइ ५ वटा शव—वाहन र एम्वुलेन्स संचालन गर्ने, झापा जिल्लाका अधिकतम सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्नमा समयानुकुल नमूना कार्यक्रम संचालन गर्ने, झापाको विकाशका निम्तिी आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरू संग सहकार्य गर्ने, कतार घोषणा पत्र बाट झापा लगायत प्रदेश न १ मा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, बैंकिङ्ग तथा उत्पादनसिल क्षेत्रहरूमा सामूहिक लगानी गर्ने उद्धेश्य सहित घोषित ५० करोड़को कोषलाई बृद्धि गरी १ अरब पुर्याउदै आबश्यक संरचना निर्माण गरी यथाशिघ्र कार्यान्वयनमा लैजाने र झापा बाहिर नेपाल भित्रको निश्चित अन्य भौगोलिक क्षेत्रमा पनि आगामी दिनमा सेवा र उत्पादनशील कार्यमा केहि प्रतिशत रकम लगानी गर्ने उल्लेख गरिएको छ ।
सम्मेलनमा नेपालबाट प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा झपा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देन, राष्ट्रिय स्तरका कलाकारहरु प्रमोद खरेल, राजा राजेन्द्र, राजेश घतानी लगायतको उपस्थिति रहेको थियो । पहिलो सम्मेलन कतारको दोहामा सम्पन्न गरिसकेको समाजका शाखाहरु हाल सम्म विश्वका २४ देशमा विस्तार भईसकेको र आगामी सम्मेलन सम्म शाखाहरु बढाएर ४० पुर्याउने लक्ष्य राखिएको संयोजक सिटौलाले बताए ।

घोषणापत्र जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...