Tuesday 25th August 2026

नियतबस कुनै गलत काम गरेको छैन – नेपाली दूतावास युएई (बिज्ञप्ति सहित )


तितोपाटी – नेपाली दुताबास अबुधाबीले आफुले नियतबस कुनै गलत कार्य नगरेको दाबी गरेको छ ।

केही मिडियामा दुताबासको मिलेमतोमा मानब तस्करी हुने गरेको भन्ने समाचारको नेपाली दूतावास युएईले बुधबार एक बिज्ञप्ति जारी गर्दै खण्डन गरेको छ। ‘नियमित कार्य सम्पादन गर्ने शिलशिलामा केही त्रुटि हुनसक्छ तर नियतबस कुनै गल्ति गरेको छैन’ ‘कसैले यस किसिमको कार्य गरेको पाईएमा कडा कारबाही गरिनेछ ’कार्यवाहक राजदूत सागर फुयालको भनाइ छ।

दुताबासका अनुसार समाचारमा भनिएका केही भिसा भेरिफिकेसनको लागि युएईको सम्बन्धित निकायमा पत्राचार गरिएको र सो प्रमाणित भए संलग्नलाई कडा भन्दा कडा कारबाही गरिनेछ । बिभिन्न मिडियामा प्रकाशित भएको समाचारमा युएईको फाल्कोन कम्पनीका एजेन्ट ईसराफुल शाह (अस्रफ) ले भिजिट भिसालाई नक्कली कामदार भिसा बनाई दुताबासको मिलेमतोमा मानब तस्करी गरेको आरोप लगाईएको छ।

दूतावासले जारी गरेको बिज्ञप्तिका अनुसार फाल्कोन कम्पनी बाट प्रमाणीकरणका लागि आएको ३१ वटा भिषा प्रमाणित गरि नेपाल पठाएपछी भिषा बारे मौखिक रूपमा चासो व्यक्त भएको र दूतावासले उक्त भिषा बारे छानबिन सुरु गरेको भएनी हाल सम्म कुनै लिखित उजुरी नआएको बताएको छ।

भिषा बारे चासो व्यक्त गरेपछि दूतावासले उक्त भिषालाइ अन्तिम श्रम स्वीकृत नदिन नेपाल स्थित वैदेशिक रोजगार बिभागलाई जानकारी गराएको र युएई स्थित परराष्ट्र मन्त्रालयमा समेत पुष्टि गर्न पठाउदा आधिकारिक जबाफ नआएको अबस्थामा सत्य तथ्य नबुझी विभिन्न मिडियामा “दूतावास बाटै मानव तस्करी” शीर्षकमा प्रकाशित समाचार बारे दूतावासको गम्भीर ध्यानाकर्षण भएको बताउदै तथ्यहिन आरोपबाट कोहि पनि भ्रममा नपर्न दूतावासले अनुरोध गरेको छ।

दूतावासको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...