Tuesday 25th August 2026

युएइमा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु


तितोपाटी – वैदेशिक रोजगारीका क्रममा युएई पुगेका पर्वतका एक युवाको सवारी दुर्घटनामा ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी खलडाँडाका २८ वर्षीय युवा यामप्रसाद रिजालको मृत्यु भएको हो । आफैले चलाएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको परिवारले जनाएको छ । भदौ २७ मा मोबाइलबाट नेपालमा रहेकी अाफ्नी अामासँग कुरा गर्दैगर्दा रिजाल दुर्घटनामा परेका थिए ।

आठ वर्षअघि रोजगारीका लागि युएईमा पुगेका रिजाल त्यहाँको व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा होडिङबोर्ड बनाउने काममा कार्यरत थिए । पछिल्लो समयमा सवारी चालकका रुपमा काम गर्दै आएका रिजाल २७ भदौमा तीजको दिन दुर्घटनामा परेको स्थानीय गोविन्द भुसालले जानकारी दिए ।

नेपालमा मृतक रिजालको वृद्ध बाबु-अाम, श्रीमती र डेढ वर्षीय एक छोरा छन् । परिवारका ४ दाजुभाइमध्ये माइलो छोरा रिजालले आफ्नै प्रयासमा दाई र भाइलाईसमेत युएईमा रोजगारका लागि लगेका थिए । अहिले युएईमा रहेका तीनै दाजुभाइ रिजालको शव लिएर घर फर्किएका छन् ।

उनी काम गर्ने कम्पनीले कर्मचारीमार्फत नै रिजालको शव नेपाल पठाइदिएको थियो । तीन दिनसम्म नेपालमा रहेर कर्मचारी फर्किसकेका छन् । तत्कालका लागि केही नगरे पनि उनको परिवारका लागि कम्पनीले सहयोग गर्ने आश्वासन दिएको छ ।

यसैबीच मृतक रिजालको शुक्रबार कालीगण्डकी किनारमा घरपरिवारको उपस्थितिमा दाहसंस्कार गरिएको छ । उनको मृत्युपछि सिंगो गाउँमै शोकमग्न बनेको छ ।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...