Tuesday 6th October 2026

“छक्का पञ्जा-३” घटस्थापना कै दिन रिलिज हुने, ट्रेलर सार्वजनिक


तितोपाटी – छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए।

गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने दीपाश्री निरौलाले गरेकी छन्। चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला, किरण केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

चलचित्रकाे पहिलाे नम्बरमा गित अहिले यु ट्युब लगाएत सामाजिक सञ्जालमा निकै रुचाइएकाे छ। छक्का पञ्जा अगामी असेज २४ गते घटस्थापनाके दिन रिलिज हुने निर्माता गिरीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...