Friday 25th September 2026

कुवेतमा संविधान दिवस भव्यरूपमा सम्पन्न


बसन्त थापा -नेपाली दूतावास कुवेतले संविधान दिवस एक विशेष समारोह आयोजना गरी कुवेतमा विभिन्न राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक कला नृत्य सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको  छ ।

गत शुक्रबार,२० तारिखका दिन कुवेत स्थित फार्वानियाको क्राउन प्लाजामा दूतावास द्वारा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री H.E. ALI  suliman AL syeed रहेका थिए भने अन्य सार्वजनिक संस्थाका उच्च पदाधिकारी, कुवेतका लागि विभिन्न देशका राजदूत तथा नेपाललाई माया गर्ने कुवेती नागरिकका साथै कुवेतमा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कुवेत र नेपालको राष्ट्रिय गान बजाइ प्रमुख अथिती तथा नेपाल  कुवेतका लागि महामयिम राजदुत यज्ञ बहादुर हमाल तथा उहाकी धर्मपत्नी रिता हमालले सयुन्क्त रूपमा दुबै देशको  राष्ट्रिय झन्डा कुदिएको कलात्मक केक काट्दै उक्त कार्यक्रमको समउद्घाटन गरेका थिए।

सो अवसरमा कुवेतका लागि नेपाली राजदुत यज्ञ  बहादुर हमालले व्यापक सहभागितामा समावेशी, सङ्घीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले नेपालको इतिहासमा यो दिन अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालको प्रकृति सौर्न्दर्य नेपाली कला संस्कृति  झल्कने तथा पर्यटन सम्बन्धि जानकारि मुलक प्रचार सामाग्री राखी प्रचारप्रसार गरिएको थियो भने नेपाली परिकारको खाना ब्यबस्था गरिएको थियो !

तीन वर्षअघि जारी भएको संविधानबमोजिम व्यापक जनसहभागितामा तीनै तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भई सङ्घीय तथा प्रादेशिक सरकार गठन भएको जानकारी गराउँदै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अघि बढिरहेको  दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...