Thursday 24th September 2026

मृगौला पीडितलाई कृति गोले द्वारा संकलन रकम सिन्धुपाल्चोक समाजले नेपाल पठायो


बसन्त थापा – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको  छ।

हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि लगातार रुपमा उपचार गराउँदै आउँदा आफु सङ्ग भएको सबै पैसा सकिएको र उनले डक्टरको सल्लाह अनुसार डाईनोसिस गर्दै आएका छन भने अहिले उनको स्वास्थ्य अवस्था झनै कम्जोर बन्दै गएको छ ।

पीडित अमितको बिगत २ बर्ष देखि दुबै मृगौला पुर्ण रुपमा खराव भएका कारणले गर्दा घर परिवार लगायत आफन्तजन हरु निकै चिन्तित रहेका र घरको आर्थिक अवस्था पनि  निकै कमजोर रहेकोले उक्त संकलन रकम सहयोग गरेको माधव पौडेल असल यात्रीले तितोपाटी लाई जानकारी दिएका छन ।

पीडित मोक्तानको अब निकट समयका लागि मृगौला प्रत्यारोपण गनुपर्ने भएकाले उनि अहिले, देश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी मनहरुसँग आर्थिक सहयोगको अपेक्षा गरेका छन।

१४ वर्षका मोक्तानको उपचारमा कुवेतमै कार्यरत कृति गोले र सङ्गिता लोप्चनको पहलमा संकलति सोही रकम भने सिन्धुपाल्चोक सेवा समाज द्वारा नेपाल पठाइएको हो।

लामो समय सम्म कुवेतमा रहेर सामाजिक सेवा गर्दै आएकी मनकि धनी कृति गोलेले यस अघि पनि नेपालमा रहेका पीडितहरु लाई आर्थिक सहयोग गर्दै आएकी छिन।  जुन सुकै घटनामा पनि सेवा गर्न तत्परता रह्यने कृति गोले द्वारा संकलन उक्त रकम हिजो नै हस्तान्तरण गरिएको छ ।

कृति गोलले यसरी आफुले प्रवासमा रहेर पनि दुखीलाई सहयोग गर्न पाउदा आफू निकै खुसी रहेको र सहयोगी सम्पुर्णलाई बिशेष धन्यवाद दिएकी छिन।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...