Tuesday 6th October 2026

बसुन्धरा भुसाललार्इ ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने


तितोपाटी – विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो ।

कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन् । जसमा ३ दशकदेखि निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गरिने आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले जानकारी दिए ।

समारोहमा चलचित्रका ६ विधा र गायनका ६ विधामा समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...