Thursday 24th September 2026

अोमनमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु


तितोपाटी – अोमनमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।   ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत डा. बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।

भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो। ट्याङकर चालक भने सामान्य घाइते छन्।

उनी दुखुम क्षेत्रस्थित भरुभुमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय थिए। उनी दिवान कोर्टमा २०१४ देखि कार्यरत थिए। उनको शव स्थानीय अस्पतालमा राखिएको छ। शवलाई मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको छ। दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलाेमिटर टाढा पर्छ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...