Friday 25th September 2026

फिलिपिन्समा ४ नेपाली युवक ५ महिनादेखि अलपत्र


तितोपाटी – इन्टरनेट सञ्जालमा आएको विज्ञापनको भर परेर रेस्टुरेन्टमा काम खोज्दै फिलिपिन्स पुगेका सर्लाही र चितवनका ४ युवक पाँच महिनादेखि बिचल्लीमा छन् । उनीहरू राजधानी मनिलाबाट झन्डै २ घण्टा टाढाको सानो सहर डस्मा कभिटेमा छन् ।

एक भारतीयले त्यहाँ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा काम गर्ने भन्दै विज्ञापन गरेका थिए । भारतीय सञ्चालकले विगतमा पनि थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । सर्लाहीका २१ वर्षे वसन्त खडकाका अनुसार सञ्चालक मनीषकुमार रवीन्द्रप्रसाद देवले मनिला उत्रिएपछि नेपाली कामदारबाट जनही २ हजार डलर सेवाशुल्क लिएका थिए । देवले इन्टरनेटमा राखेको विज्ञापन (जब सर्च) को भर परेर चितवनका दीपेश श्रेष्ठ र सुनील थापा ५ महिनाअघि मनिला गएका थिए । अर्को चरणमा चितवनकै एलसी श्रेष्ठ ४ महिना र सर्लाहीका खडका ३ महिनाअघि गएका थिए ।

‘हामी टुरिस्ट भिसामा आएका हौं, काम पाइएन,’ खडकाले फोनमा भने, ‘अहिले भारतीय मालिक पनि बेपत्ता छन् । डस्मा कभिटेकै एक रेस्टुरेन्टमा बसेर गुजारा चलाइरहेका छौं ।’

आफैं टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिति रहेकाले त्यसका लागि सहयोग आवश्यक परेको उनले बताए । ‘छोरो बिचल्ली परेको खबर सुनेका छौं,’ सर्लाही, हरिऔनबाट खडकाका बुबा बालमुकुन्दले भने, ‘रेस्टुरेन्टमा राम्रो जागिर पाउने भनेर भारतीय सञ्चालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झन्डै १ लाख रुपैयाँ खर्च भयो । पैसा डुबे पनि छोरो घर फर्कियोस् भन्ने इच्छा छ ।’

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...