Sunday 1st November 2026

कुवेतमा एक नेपालीको बैंक खाताबाटै पैसा गायब


हरी कृष्ण न्यौपाने – कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन।

आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ” कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको लोगो भएको भाईबरबाट बिस हजार अमेरिकन डलरको चिठ्ठा जितेको भन्दै फोन गरेर ती अपरिचित ब्यक्तिले पीडितको बैकको सम्पूर्ण विवरण लिएका थिए ।”समाचारमा पीडितको नाम तथा अन्य जानकारी भने उल्लेख गरिएको छैन।

स्मरण रहोस, कुवेत लगाएतका खाडी मुलुकहरुमा बिभिन्न बैक तथा टेलिकम सेवा प्रदायक कम्पनिहरुबाट ग्रहकको जानकारी लिएर बिभिन्न मध्यमबाट बिभिन्न चिठ्ठा, उपहार परेको भनी बधाई दिदै ठग्ने प्रबृत्ति बढी रहेको छ। त्यसैले आफ्नो गोप्य जानकारीहरु सधैं सुरक्षित राख्नु होला ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...