Sunday 5th May 2024

नाबालिकाहरु बलात्कृत हुनु र त्यस पश्चात हत्या गरिनुमा तपाई हामी नै दोषी


बालकृष्ण घिमिरे – धेरै वर्ष अगाडिको समयमा नजाअाैं, आज भन्दा तिस-पैतिस वर्ष अगाडिका हाम्रा आमा, दिदिबहिनीहरु कुर्कुच्चा देखियो भने लजाउँथे । ससुरा , जेठाजु , सम्धी देख्नासाथ बर्कोले कपाल अथवा सिर ढाकेर निउरन्थे । त्यो बेलामा सायदै हुन्थ्यो होला बलात्कार । आज हाम्रा दिदिबहिनी, भाउजु, बुहारी, छोरी, नातीनीहरू मिल्ने भए आफ्नो यो…सबै देखाउथे । यसो भनिरहदा नारी स्वतन्त्रामा धावा बोलेको नठरियोस् ।

आज भोली देश विदेशमा गरिने साँस्कृतिक कार्यक्रममा भैंसी डाण्स् नाच्ने नर्ताङिनी ननचाए आयोजकको लगाली पानीमा पर्नेमा दुईमत छैन | हुँदाहुँदै ब्यवसायिक कार्यक्रम, महोसवहरुमा समेत गोरु उफ्याई उफ्रिदै दुई इन्चको पेण्टी फुकालेर दर्शक दिर्गामा फ्याक्ने अर्धनग्न नर्ताङिनीहरुलाई वा वा दिन्छौ हामी ।

छोरो जन्मियो, आमा बाउको खुशीको सिमा रहदैन । उ बर्षिको नहुँदै मामुले मोबाईल खेलाउन दिसिन्छ । परी आए उसको ड्याडसँग मामुले किस गरेको त्यो बच्चालाई देखाउदै हेर्सियोस् न् , बाबुले कस्तो मजाले हेर्दैछ “ बाबा “ भन्छिन् । समयको माग सँगै प्रविधिले फड्को मारेकोमा खुशी छौं हामी । समय सताब्दी र परिस्थितीलाई दोषी देखाउँदै हुर्कदै र उमेर छिप्पिदै गएका हाम्रा छोरा छोरीको आवश्यकता जुनसुकै हालतमा पुरा गर्न बिवस् छौं हामी ।

छोरा छोरी आठ-दस वर्षका हुँदा नहुँदै नेटमा रम्न थालिसकेका हुन्छन । आमा बाउ दँग !  वा मेरा बच्चाहरु नेट चलाऊन थाले । छोरा छोरी कलेजबाट फर्कन्छन र भन्छन् हेर्नु न् मामु , ड्याडु मैले कलेजको प्रोगाममा डाण्स् गरेको, युटुवमा आएछ । छोरी दुई ईन्चको पेण्टी र तिखा मुण्टा हल्लाउदै उफ्रिएको भिडियो हेरेर वा वा मेरो नानु भन्दै हौसाउछौ हामी ।

छोरा छोरी पुरा रात मोवाईलको नेट बाटै व्वाई फेन्ड गर्लफेण्डसँग च्वाप्प चुप्प लगायतका अस्लिल कार्य गर्दै रमाएका हुन्छन तर हामी रात भरी पढेर ढिलो उठे भन्दै मख्ख पर्छौ । साथी भेट्ने बहानामा घरबाट बेला न कुबेला निस्किएको छोरो कुलतमा फसेको पत्तो पाउदैनौ । गाँजा चरेस् लगायतका नशामा युटुबहरुमा हेरिने अस्लिलता, सडकमा देखिएका नाँगा कलिला तिघ्रा तथा जाङ, फिल्म तथा प्रोग्रामहरुमा देखिने अंग प्रदर्शनले के युवाहरुलाई बलात्कार गर्न हौसाएको हैन र छैन भन्न् सकिएला ?

छोरीलाई टियुसन पढाउने व्यक्ति जस्तो सुकै होस्, वास्ता छैन हामीलाई । हामी व्यस्त छौं आफ्नै बच्चाको ख्याल गर्ने फुर्सद छैन । पढाउने बहानामा मास्टरले समेत यौन प्यास मेटाएका समाचारलाई नजर अन्दाज गर्दै कुनै एक युवाको घरमा वा आफ्नै घरको कोठामा ढुक्कले छोरीलाई छाड्दिन्छौ ।

हो माथि उल्लेख गरिएका कार्यले युवा होस् वा बुढो यौन उत्तेजना हुनेमा संका होला र ? प्रायः यौन उत्तेजनामा आएको व्यक्तिले उमेर पुगेकी युवतीलाई बलात्कार गर्ने चेष्ठा गर्दैन, कारण डर । चरम यौन उत्तेजनामा आएको व्यक्ति अाँधो साँप जस्तै हुन्छ भन्छन जानकारहरु । यौन पिपासुको रुप धारण गरेको व्यक्तिले न नाबालिका चिन्छन, न हाड्नाता नै । दैनिक घटेका घटनाले के पूष्टि गर्दैछ भने कठोर कानुनले मात्रै बलात्कार र त्यो पछीको हत्या रोकिने छैन । कठोर कानुन बलात्कारीलाई मात्रै हैन यौन उत्तेजना फैलाउने जुनसुकै क्षेत्र निकाय र व्यक्तिलाई लगाउन सक्नु पर्दछ । हरेक आमा बाबुले पेण्टी लगाएर सडकमा हिंड्ने छोरी हैन कुर्कुच्चा छोप्ने आमाहरु तयार पार्न सक्नुपर्दछ | अन्यथा नाबालिकाहरु बलात्कार हुनु र त्यस पश्तात हत्या गरिनुमा तपाई हामी नै दोषी छौं भन्ने हिम्मत गर्न सक्नु पर्दछ | अस्तु !!


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...