Friday 25th September 2026

साउदी अरेवियामा अलपत्र नेपाली कामदारद्वारा उद्दारका लागि याचना


तितोपाटी – साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्।

१० महिनादेखि साउदीमा अलपत्र बनेका कट्वालले स्वदेश फर्काउनका लागि सहयोगको याचना गरेका हुन् । तलब नपाएको भन्दै संयुक्त हड्तालमा उत्रिएपछि कट्वालसहितका कामदार रसान कम्पनीबाट निकालिएका थिए।

सन् २०१० मा एबी इम्प्रोभमेन्ट सोलुसन मेनपावर कम्पनीलाई ८० हजार रुपैयाँ बुझाएर उनी साउदी पुगेका थिए । कट्वाललाई उनी कार्यरत रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया अघि नबढाइदिंदा समस्या भएको सुरक्षित आप्रवासन परियोजनाको दिक्तेलस्थित सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताइन्।

तेस्रो छुट्टीमा ०७४ सालको दसैंमा घर फर्किएका कट्वाल सोही वर्षको पुसमा पुनः फर्किएका थिए । पाँच सय रियल बेसिक र ओभरटाइम गरी ११ सय रियाल तलब पुग्ने गरेपनि कम्पनीले तलव दिन छाडेपछि कामदार हड्तालमा उत्रिन बाध्य भएको कटुवालले बताए।

हड्तालमा उत्रिएका कामदारमध्ये केही घर र केही काममा फर्केका छन् । कट्वालसहित श्रीलंका र भारतका एक–एकजना गरी तीन जना कामदार भने हालसम्म अलपत्र अवस्थामा छन्।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...