Friday 25th September 2026

मृगौला पीडित कार्कीलाई कुवेतबाट आर्थिक सहयोग


बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले बाग्लुङ जिल्लाको निसिखोला २ स्थाई घर भएकी मिर्गौला पीडित ३५ वार्षिय टिका कुमारी घर्ती लाई कुवेत बाट (४५ हजार ३३० ने रु.)  २२ अगस्ट बुधवार का दिन आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो।

१९ महीना देखी अस्पतालमा रहेकी कार्कीलाई आर्थिक अभावका कारण समस्या भएकोले केहि महीना पहिला मात्र लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले पीड़ित कार्कीलाई आर्थिक सहयोग गरीदिन कुवेतमा कार्यरत नेपाली हरूलाई आह्वान गरेका थीए।

दुवै मृगौला खराब भई हाल बुटवल को क्रीमसन हस्पिटल मडिग्राम रूपन्देही स्थित उपचारर्थ रहेकि कार्कीलाई कुवेतमा कार्यरत बाग्लुङ घर रहेका नेपाली द्वारा र लुम्बिनी समाजको बिशेष पहलमा संकलित रकम (४५हजार ३३० ने रु.) अध्यक्ष हमाल, संरक्षक – एच पि. खत्री, अनिल ठाकुर, लगाएतको उपस्थितिमा उक्त आर्थिक रकम पिडित कार्कीलाई  हस्तान्तरण गरीएको हमालले तितोपाटी लाई जानकारी दिएका छन।

घरको स्थिति निकै कमजोर रहेकोले पीडीत कार्कीले आफुलाइ सहयोग गर्न अनुरोध गरेका थीए। भने पिडित कार्कीलाई सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूलाई हमालले हार्दिक धन्यवाद व्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...