Saturday 24th October 2026

मलेशियामा नेपाली-नेपाली बिच झगडा हुँदा १ जना गम्भिर घाइते, ६ जना पक्राउ


तितोपाटी – मलेशियाको पेनाङ राज्य स्थित केडामा रहेको एक कम्पनीमा कार्यरत नेपाली बिच मदिरा सेवन गरि हानाहान हुँदा ६ जना लाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।आइतबार राती कम्पनी होस्टेलमा मदिरा सेवन गरि एकआपसमा हानाहान गर्दा एक जना नेपाली गम्भीर घाइते भएको र घाइतेको हाल पेनाङ स्थित सरकारी अस्पतालमा उपचार भैरहेको द स्टार अन्लाईन खबरमा उल्लेख छ।

करिब ४५ जना नेपाली बस्ने उक्त कम्पनी होस्टेलमा मदिरा सेवन गरिरहेका बेला सामन्य विवाद भएको र त्यही विवाद लाई लिएर एक आपसमा हानाहान गर्दा एक जनाको टाउकोमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

पक्राउ परेका नेपाली कुन कुन ठाउँका हुन भन्ने नखुले पनि १८ देखि ४० बर्ष सम्मका रहेका र उनीहरुलाई हातहतियार प्रयोग गरि ज्यानलिने उधोगको मुद्दा दर्ता गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...