Tuesday 25th August 2026

पोर्चुगलका एनअारएनए उपाध्यक्षद्वारा पत्रकारको ज्यान मार्ने धम्की, पत्रकार महासंघ युरोपद्वारा घोर भर्त्सना


तितोपाटी – एनअारएनए पोर्चुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राती अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त र छाडा शब्दहरु प्रयोग गरी पत्रकार पाण्डेयको जीवन मेटाइदिने धम्की दिएका हुन् ।

एनआरएनए पोर्चुगलको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पत्रकारलाई यस्तो धम्की र गालीगलौज गर्ने कार्यको नेपाल पत्रकार महासंघ युरोप शाखाले घोर भत्सर्ना गर्दै आपत्ति प्रकट गरेको छ । शाखाका अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालद्वारा संयुक्त रूपमा जारी बिज्ञप्तिमा भनिएको छ “समाचारमा असहमति भए कानुनीरूपमा उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु आपत्तिजनक र निन्दनीय छ, पत्रकार पान्डेयमाथि भविष्यमा हुनसक्ने कुनैपनि घटनाको जिम्मेवारी निज बुढाथोकीले लिनुपर्ने छ”, “ज्यान मार्ने धम्की जस्तो भत्सर्नानीय कार्य गर्ने बुढाथोकीलाई तत्काल एनआरएनए पोर्तुगलको उपाध्यक्षबाट निलम्बन गर्न” बक्तब्यमा जोडदार माग समेत गरिएको छ ।

यसैबीच पोर्चुगलका नेपाली पत्रकारहरुको साझा सोसियल क्लब नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले पत्रकार पाण्डेयलाई दिइएको ज्यान मार्ने धम्कीको घोर भत्सर्ना गर्दै चुनौतीको एकगठ भएर साझा रूपमा सामना गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...