Sunday 25th October 2026

न्युयोर्क सिनेटबाट २ जना नेपाली पत्रकार सम्मानित


तितोपाटी – न्युयोर्क सिनेटबाट दुई नेपाली पत्रकार सम्मानित भएका छन् । अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका हुन् ।

सम्मानित थापा र पन्थीलाई न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा प्रदान गरियो ।

इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन् । उनले न्युयोर्कको नवौं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छिन् । सन् २००७ देखि १३ सम्म न्युयोर्कको डिस्ट्रिक्ट ११ बाट प्रतिनिधिसभा सदस्य रहेकी उनी सन् २०१३ देखि हालसम्म डिस्ट्रिक्ट ९ बाट प्रतिनिधिसभा सदस्य छिन् ।

उनी गत निर्वाचनमा छैठौंपटक प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । सिम्चा फेल्डर न्युयोर्कको स्टेट सिनेटमा डेमोक्रेटिक सांसद हुन् । उनले १७ औं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन् ।

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन् भने पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन् । उनीहरुलाई यस अगाडि न्युयोर्क सिटी र जर्सीसिटीको सिटी काउन्सिलबाट समेत सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...