Tuesday 25th August 2026

न्युयोर्क सिनेटबाट २ जना नेपाली पत्रकार सम्मानित


तितोपाटी – न्युयोर्क सिनेटबाट दुई नेपाली पत्रकार सम्मानित भएका छन् । अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका हुन् ।

सम्मानित थापा र पन्थीलाई न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा प्रदान गरियो ।

इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन् । उनले न्युयोर्कको नवौं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छिन् । सन् २००७ देखि १३ सम्म न्युयोर्कको डिस्ट्रिक्ट ११ बाट प्रतिनिधिसभा सदस्य रहेकी उनी सन् २०१३ देखि हालसम्म डिस्ट्रिक्ट ९ बाट प्रतिनिधिसभा सदस्य छिन् ।

उनी गत निर्वाचनमा छैठौंपटक प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । सिम्चा फेल्डर न्युयोर्कको स्टेट सिनेटमा डेमोक्रेटिक सांसद हुन् । उनले १७ औं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन् ।

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन् भने पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन् । उनीहरुलाई यस अगाडि न्युयोर्क सिटी र जर्सीसिटीको सिटी काउन्सिलबाट समेत सम्मान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...