Sunday 28th April 2024

“मन बिनाको धन ठुलो” अब ठुलो पर्दाको चलचित्र धुम-३ मा पनि


तितोपाटी – पछिल्लो समय भाइरल भएको ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो।

‘मन बिनाको धन ठूलो’ गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र विवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जयकिसन बस्नेतसँग पनि बुढाथोकीको दूरी बढेको छ। दुई दर्जन चलचित्रमा बुढाथोकीलाई संगीतकार लिएका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र ‘धूम-३’मा पनि उनलाई नै लिएका थिए।

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारका रूपमा गनिएका बुढाथोकी युट्युबमा भाइरल बालगायक अशोक दर्जीसँग जोडिएपछि जयकिसन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग चर्चामा छ। जयकिसनले उक्त गीतको अधिकार आफूसँग भएको र छायांकन गरी चलचित्र ‘धूम-३’मा समावेश गर्न लागेको बताए।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...