Saturday 17th October 2026

“मन बिनाको धन ठुलो” अब ठुलो पर्दाको चलचित्र धुम-३ मा पनि


तितोपाटी – पछिल्लो समय भाइरल भएको ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो।

‘मन बिनाको धन ठूलो’ गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र विवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जयकिसन बस्नेतसँग पनि बुढाथोकीको दूरी बढेको छ। दुई दर्जन चलचित्रमा बुढाथोकीलाई संगीतकार लिएका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र ‘धूम-३’मा पनि उनलाई नै लिएका थिए।

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारका रूपमा गनिएका बुढाथोकी युट्युबमा भाइरल बालगायक अशोक दर्जीसँग जोडिएपछि जयकिसन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग चर्चामा छ। जयकिसनले उक्त गीतको अधिकार आफूसँग भएको र छायांकन गरी चलचित्र ‘धूम-३’मा समावेश गर्न लागेको बताए।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...