Friday 25th September 2026

साउदी अरब स्थित नेपाली राजदूतावासले मृतक नेपालीका परिवारलार्इ ब्लडमनी पठायो


तितोपाटी – साउदीअरबस्थित नेपाली दूतावासले साउदीअरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ। आर्थिक वर्ष २०७४/०७५ मा ४१ मृतकको ब्लड मनी लाग्ने किसिमका मुद्दा अदालती मुद्दा प्रकृयामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलव्ध गराउनका लागि नेपालस्थित परराष्ट्र मन्त्रालयमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ।

साउदीअरबस्थित नेपाली दूतावासले सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित कार्यालयलाई पठाएको पत्रमा २०६९ साल भदौ २० गते ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका रामनाथ राईको परिवारलाई करिब २२ लाख, २०६९ साल असोज १ गते ज्यान गुमाएका केपीलासगढी गाउँपालिका–१ फेदीका देबराज राईको परिवारका लागि करिब ६ लाख, २०७२ साल साउन २६ गते ज्यान गुमाएका ठेगाना नखुलेका खोटाङकै सन्तोष खत्रीको परिवारका लागि करिब ६ लाख ब्लड मनी पठाइएको उल्लेख छ।

यस्तै, झापाका भिम भट्टराई, धनकुटाका भुपालदेव लिम्बू, रुकुमका रिखु जैसी, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देबेन्द्रप्रसाद राय, गोरखाका एकप्रसाद लामीछाने, सिराहाका जाल मो. रैन, मो. जाहिर मन्सुर, मो. जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुवँर, सर्लाहीका रामबाबु शाह कानु, ललितपुरका रमेश पुलामी, सिराहाका सलिम मियाँ, शिवकुमार यादव र गुल्मीका जयबहादुर सुवेदीको परिवारको नाममा सम्बन्धित पक्षबाट असुल गरी ब्लड मनी पठाइएको दूतावासले जनाएको छ। सन् २०१२ देखि २०१६ का बीचमा सडक दुर्घटनामा ज्यान गुमाउने मृतकको हकवालाको नाममा कम्तीमा ५ हजार साउदी रियलदेखि बढिमा ३ लाख साउदी रियल पठाइएको छ। गाठीले ठक्कर दिने व्यक्तीबाट मृतक परिवारलाई ब्लड मनी प्राप्त भएको सामीकी परामर्शकर्ता अम्बीका दाहाले बताइन्।

ब्लड मनी दाबी लाग्ने प्रकृतिका मुद्दामा पिडित परिवारकोतर्फबाट दूतावास आफैले घट्ना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरेर पैरबी गर्दै क्षतीपूर्ती दिलाएको जनाइएको छ। दूतावासका अनुशार अझै २३ जनाको फैसला अनुरुपको रकम असुल गर्ने प्रकृयामा रहेको पत्रमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...