Friday 25th September 2026

कमार्इ खान पाए श्रीमती नत्र परचक्री ! महिला माथि विभेद कहिलेसम्म ?


तितोपाटी –  बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन ।

रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् ।

उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥याउन श्रीमान समेत गएका थिए ।दुबईमा तीन घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए ।

त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिंसा भयो ।

त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा सात दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो ।

एवं रीतले रामकलीले सात महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका तीन वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलालमार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।रामकलीले कुवेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले ।

दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए ।

३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे ।रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।

कस्तो बिडम्बना हगि ! त्यही पुरूषले बहुविवाह गरेर दोश्री स्वास्नी ल्यार्इ एक पछि अर्को गर्दै नारी शोषण गर्दा कुनै अापत्ति नहुने, अनि त्यही नारीले घर परिवारको अार्थिक स्थिति उकास्न र जीवनस्तर सुधार्न दुःख कमाइ गर्न जाँदा अापत्ति हुने । त्यही श्रीमतीले धन कमाइ गरेर ल्याए त्यो पैसामा भने मोज गर्ने अनि खाली हात भए चाहिँ श्रीमतीको रूपमा स्वीकार्न अापत्ति !

नेपाली समाज पुरूष प्रधान सोचका साथ अगाडि बढेकोले बिभिन्न प्रकारले महिला माथि बिभेद हुने गरेको हाम्रो वरपरको गतिविधिमा सहजै देख्न सकिन्छ । भन्न त नारी र पुरूषलार्इ रथका दुइ पांग्रा भनिन्छ तर व्यबहारमा त्यसो गरिन्न । चाहे त्यो खानपानमा होस वा शिक्षादिक्षामा नै किन नहोस । जन्मदेखि मृत्यु सम्मका हरेक विधि व्यबहारमा यो पक्षपात रहि अाएको छ । एउटा पांग्राको अभावमा रथ नगुड्नु पर्ने हो तर यहाँ पुरूषको अभावमा नारी अपुरो भएको मानिन्छ भने नारीको अभावमा एकाध बाहेक कुनै पनि पुरूषलार्इ असर परेको देखिंदैन । यस तर्फ सरोकारवालाको ध्यान जाअोस र समाज परिवर्तनका लागि सबैले हातेमालो गरेर अगाडि बढ्ने कार्यको थालनी होस तथा सरकार र सरकार मातहतका सम्बन्धित निकायले विशेष पहलकदमी तथा कानून तर्जुमा गरि नारी पुरष दुबैलार्इ समान बनाउने तर्फ गृहकार्य गरोस ।

 


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...