Saturday 10th October 2026

दिल्लीमा मानब तस्करको कव्जाबाट ७४ नेपाली युवतीको उद्दार


तितोपाटी – खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ ।

पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।

दिल्ली महिला आयोगकी स्वाती मालिवालका अनुसार एक सातामा ३ पटक रेस्क्यु गरिएको हो । मुनिर्का, मैदानगढी र पहाडगञ्जका विभिन्न होटलबाट ७४ जना नेपाली युवतीहरुको उद्धार गरिएको उनले बताएकी छिन् । त्यस्तै अभियानकर्ता अमित मिश्राले कडा शब्दमा ट्वीट गरेका छन् ।

मानव तस्करले नेपाली चेलीहरुलाई भारतका विभिन्न कोठीहरुमा बेचबिखन गर्दै उनीहरुलाई जबरजस्ती यौन कार्यमा लाग्न बाध्य पारिँदै आएको अनुसन्धानले देखाएको छ । भारतमा कति नेपाली युवती बेचिएका छन् भन्ने अहिलेसम्म कुनै तथ्यांक छैन ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वातीले पछिल्लो उद्धारका क्रममा पहाडगञ्जको एक होटलबाट ३९ जना युवतीको उद्धार गरिएको बताएकी छन् । नेपाली युवतीहरुलाई श्रीलंका, गल्फ लगायतका देशमा लैजाने भन्दै बेचिने गरेको पाइएको उनले बताएकी छन् । नेपालको भूकम्प प्रभावित क्षेत्रबाट उनीहरुलाई रोजगारीको बहानामा भारत पुर्याइने गरेको उनले ट्वीटमार्फत बताएकी छन् ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...