Friday 17th May 2024

वाह ! आपको सिजन


– आर.बि.बुढाथोकी, सेफ सोल्टी क्राउन प्लाजा होटेल
अहिले आपको सिजन छ। जता ततै आपै आप, आप कसलाई मन नपर्ला,सबैको प्रिय फल आप । नेपालमा धरै थरिको आप अत्पादन हुन्छ र भारतबाट पनि त्यतिकै आप आयात हुन्छ । एसिया महादेश आपको लागि अती धनी मानिन्छ साथै अफ्रिका र मलेसियामा पनि यसको राम्रो उत्पादन हुन्छ । बम्बे,सफेदा,बङपाली,पैरी,निलम,अल्फोन्सो,हापुस,हिमसागर देसरी,टोटपुरी,केसर,चौसा,लाङग्रा लगायत जातका आपहरु पाईन्छ। । तर आप कसरी खाने भन्ने धेरै कमलाई मात्र ज्ञान छ जसका कारणले यहाँ केही आपका महत्वपूर्ण परिकारका केही चर्चा गरिदै छ ।

आपको हामीले बिभिन्न परिकार बनाउन सकिन्छ । जस्तो कि आपको खिर,आपको लस्सी,आपको स्मोथी,आपको धुलो,आपको अचार,आपको जुस, काँचो आपको खट्टा जुस,काचो र पाकेको आपको मिक्स खट्टा मिठा जुस, आप आभोगाडो सेलरी मिक्स जुस,फ्रोजन रम र आपको जुस,स्पाइसी म्याङगो सन्डी,म्याङगो पिच लस्सी,म्यङगो किवी लसी,म्याङगो चिल आइस,म्याङगो लाइम कर्ड,म्याङगो बेरी स्मोथी, डेजर्ट(मरुभुमी)म्याङगो कुलर कोकोनट म्याङगो पाइन यपल सोर्बेट, यती मात्र होइन आपका सयै सलाद तथा ड्रेसिङहरु बनाउन मिल्छ। आपका डेजर्टस तथा स्विटहरु पनि प्रसस्त बनाउन सकिन्छ जस्तो कि म्याङगो मिसो,म्याङगो चीज चक्लेट,इन्डो स्विस फेन्टासी,म्याङगो फिग,नेपोलीतानो म्याङगो,आम खिरकी सँगम,म्याङगो लियर केक,म्याङगो मुस,म्याङगो मुस टार्ट, म्याङगो आइस क्रिम , म्याङगो डुनोट,म्याङगो चिज केकक्रिमी म्याङगो फलान,म्याङगो कोकोनट ब्रेड,म्याङगो लेमन बार,म्याङगो जिन्जर मिन्ट पोप्सीक्ली,म्याङगो पाइ,म्याङगो मोची रोल्ल पर्दछन ।

आपका परिकारका केही बिधीहरु

आपको खिर
चाहिने सामाग्रीहरु
पाकेको आप : २ पिस
चामल भिजाको : २०० ग्राम
दुध : १ लिटर
चिनी : १५० ग्राम
हरियो सुक्मेल : आधा टेबल स्पुन
आलमन्ड चप :१ टेबल स्पुन
पिस्ता चप : १ टेबल स्पुन
आपको खिर बनाउने बिधी
नन इस्टिक प्यानमा दुधलाई उमाल्ने र चामललाई राम्ररी पखालेर दुधमा ओइराउने चामल राम्ररी पाक्न थालेपछी आगोको आच कम गर्ने त्यसपछी चिनी हाल्दिने सुकमेलको धुलो,पिस्ता र आलमन पाउडर पनि हालेर पकाउने पाकी सके पछी अन्तमा एक चमक नेपाली घ्यु हालेर साइड लागाउने। राम्ररी पखालेर ताछेको आपलाई खोया बिहिन हुने गरी छोडाउने र मिर्चरमा ब्यल्यान्ड गर्ने र खिरमा मिक्स गर्दिने । केही समय ठन्डा भए पछी चप आप, पिस्ता चप र केसर हालेर सर्ब गर्ने । यो डेजर्ट अत्यन्त स्वादिस्ट र स्वस्थ्यकर मानिन्छ। आपको पूर्णरुपमा स्वाद आउने यो खिर इन्डिया नेपाल लगायत बिस्वभर धेरै देशमा खाइन्छ । आपको खिर बिना चामल पनि बनाइन्छ ,दुधलाई लामो समय उमालेर बानाएको रबरीमा पाकेको आप चप गरेर मिक्स गरी तयार गरिन्छ र यो झन अझ राम्रो खिर मानिन्छ ।

आपको लस्सी
आपको लसी बनाउदा चाहिने सामाग्री
सादा दही १ कप
ताजा दुध अधा कप
आप ठुलो साइजको १ वटा
मह या चिनी इच्छा अनुसार
आइस ६० देखी ७० ग्राम
सुक्मेल २ पिस
आपको लस्सी बनाउने बिधी
आपलाई राम्ररी पखालेर खोया बिहिन गरी चप गर्ने त्यसपछी बाँकी सम्पूर्ण सामाग्री हालेर ब्यालेन्डरमा ब्याल्ण्ड गर्ने,स्मुथ भए पछी गिलासमा हालेर सर्ब गर्ने यो अत्यन्त सधारण तरिकाला तयार गर्न सकिन्छ र गर्मीको समयमा स्वस्थकर र सितलता दिने ड्रिन्स मानिन्छ । घरमा आइस नभएको खन्डमा चिसो पानी हालेर पनि बनाउन सकिन्छ । आप नपाईने मौसममा क्यानको आप पनि प्रयोग गरेर लस्सी बनाउन सकिन्छ

आपको केक
आपको केक बनाउदा चाहिने सामाग्री
मैदा पिठो १ कप(२३० ग्राम)
अन्डा ६ वटा
चिनी १ कप( ११० ग्राम )
बेकिङ पाउडर आधा चम्चा
ताजा पाकेको आप ठुलो साइजको २ वटा
आपको पिउरी एक र आधा कप
क्रिम चीज एक र अधा कप
नुन नभएको बटर १ कप (१६ टेबल स्पन)
सुगर पाउडर दुई र् अधा कप
भेनिला एसेन्स २ टबल स्पन
आपको केक बनाउने बिधी
सर्बप्रथम मैदा चिनी अन्डा बेकिङ पाउडर हालेर मिक्स गरी स्पन्च केक तयार गर्ने र चिसोको लागि साइडमा रेस्ट गराउने अर्को मिक्सिङ बाउलमा बाटर,पाउडर सुगर,क्रिम चिज र भेनिला एसेन्स हालेर मिक्स गर्ने साथमा आपको पिउरीलाई पनि तयारी अवस्थामा राख्ने । गोलाकार स्पन्च केकलाई बिचमा स्लाइस गरी एउटामा सेतो मिक्स्चर लेपन गर्ने र अर्कोलाई आपको पिउरीले लेपन गरी तह त्यह गरेर चार तह सम्म खप्टिने एबम तरिकाले तयार भएको केकको सम्पूर्ण भाग सेतो क्रिम चिजको मिक्सचरले लेपन गरी माथिल्लो भागमा गोलाकार रुपमा बुट्टा कोर्ने र ताजा आपको स्लाइस मिलाएर एरेन्ज गर्दै जाने अन्तमा सुगर सिरपले लेपन गर्ने र फिनिस गरी चिसोको लागि चिलरमा एक घण्टा भण्डारण गर्ने । केक राम्रो सँग सेट भए पछी सर्ब गर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...