Tuesday 23rd April 2024

कुवेतमा हृदयघातका कारण नेपाली महिलाको मृत्‍यु


हरी कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत भद्रपुर-२, झापाकी २७ बर्षिया रिया तामाङ आङ्देम्बेको हृदयघातको कारण गत जुलाई १२ तरिक बिहिबार,२०१८का दिन कुवेतको जाहरा अस्पतालमा मृत्‍यु भएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने” मृतक रियाको स्पोन्सर मार्फत नेपालमा परिवारहरुसँग संपर्क गर्ने प्रयास भइरहेको र उनिहरुसँग संपर्क भए पछी मृतकको शब २-३ दिनमै नेपाल पठाइने छ।

उनले थपे” रिया कुवेत कहिले र कुन माध्यमबाट अनी कुन एजेन्सी(एजेन्ट )मार्फत आएको भन्ने अझैं खुलेको छैन । “

राहदानी नम्बर-१००११८१५ रहेकी मृतक रियाको राहदानी सन २०१६ सेप्टेम्बर २१का दिन जारी गरिएको देखिन्छ भने राहदानीमा उल्लेख भए अनुसार रियाको बुवा टेक बहादुर तामाङ हुन।

मृतक रियाको शबलाई कुवेतको फर्वानिया अस्पातलमा राखिएको छ भने उनको शब फर्काउने कानुनी प्रकृया शुरु गरिएको छ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...