Monday 12th October 2026

सुन तस्करी प्रकरणमा मुख्य अारोपी गोरेका भार्इ युएइबाट पक्राउ


तितोपाटी – ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणकासमेत आरोपी हुन् ।

गत माघमा गायब गरिएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अरोपी भनिएका ‘गोरे’ भनिने चुडामणि उप्रेतीका भाइसमेत रहेका रमेश दुबईमा ‘भान्सा घर’ नामको रेष्टुरेन्ट खोलेर बस्दै आएका थिए ।

गोरेले काठमाडौंबाट मगाउँदा रमेशले नै सुनको बन्दोबस्ती गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पठाएको गृह मन्त्रालयको उच्चस्तरीय छानविन समितिले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

सुनमा लगानीसमेत गर्दै आएका रमेशले दुबईदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सेटिङ मिलाउने र विमानस्थलदेखि बाहिरसम्म पु¥याउने सेटिङ भुजुङ गुरुङ र फरार रहेका एमके मामा भनिने मोहनकुमार अग्रवालले गर्दै आएका थिए । सुन तस्करीमा रमेशले दाजु गोरे र अन्य तस्करलाई प्रत्यक्ष सघाउँदै आएको समितिको छानविनबाट खुलेको छ ।

गृहका सहसचिव ईश्वरराज पौडेल संयजकत्वको छानविन समितिका सदस्य प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले रमेशलाई दुबई प्रहरीले पक्राउ गरेको जानकारी आफूले पाएको पुष्टि गरे । उनले भने, ‘रमेशलाई इन्टरपोलमार्फत दुबई प्रहरीले समात्यो भन्ने खबर आएको छ । उसलाई काठमाडौं ल्याइसकेपछि धेरै तथ्य खुल्नेछ ।’

लामाका अनुसार गोरेले बयानमा नखुलाएका विषय रमेशमार्फत खुलाउने प्रयास हुन्छ । समितिका अनुसार रमेशले हुन्डीमार्फत रकम संकलन गर्ने र सुन खरिद गरेर नेपाल पठाउँदै आएका थिए । मोरङको उर्लाबारी घर भइ काठमाडौंको गौरिघाट बस्ने रमेश लामो समयदेखि दुबईमा बस्दै आएका थिए । रमेशलाई काठमडौं पठाउन दुबई प्रहरीले थप प्रमाण पुग्ने कागजात मागेपछि प्रहरी मुख्यालयले पठाइसकेको स्रोतले जनाएको छ।

करेन्ट लगाएर यातना दिएपछि सनम शाक्यको मृत्यु भएपछि गारेले दुवईमा रहेका भाई रमेशलाई समेत जानकारी गराएका थिए। हाल पक्राउ परेका टोकराज मल्ल र मोहन काफ्लेलाई सनम शाक्यको शव आफन्तलाई बुझाएर प्रहरीमा आत्मसमर्पण गर्न रमेशले नै अह्राएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत मोरङमा बुझाएको मिसिलमा सुनमा लगानी गर्ने मध्येका एक रमेश समेत रहेको खुलाइएको छ ।

अध्यागमन कार्यालयले गत वैशाख ९ गते प्रहरीलाई उपलब्ध गराएको पत्रमा रोहीत आचार्य, टेकराज मल्ल ठकुरी, रमेश उप्रेती, मोहन काफ्ले, माधव आचार्य, ओमप्रकाश नेवार, टुक बहादुर मगर, सुरेन्द्र गौतम, रुस्तम भन्ने मोहमद उस्तम मियाँ, कृष्ण बस्नेत, मृतक सनम शाक्य, कमल कार्कीसहित व्यक्तिहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पटकपटक आउजाउ गरेको उल्लेख थियो।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...