Tuesday 1st September 2026

सामसुङको विश्वकै सबैभन्दा ठुलो मोवाइल फ्याक्ट्री भारतमा


तितोपाटी – सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ ।

सोमबार भारत भ्रमणमा आएका दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा फ्याक्ट्रीको उद्घाटन गरे ।

यस फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । हाल भारतमा प्रति वर्ष ६ करोड सामसङ्ग मोबाइल सेट उत्पादन भइरहेको छ । अब यस उद्योगले पूर्ण रुपमा काम थालेपछि प्रति वर्ष १२ करोड सामसङ्ग मोबाइल सेट उत्पादन हुनेछ ।

स्मार्टफोन निर्माताहरु सायोमी करपोरेसनदेखि ओप्पो मोबाइल्ससम्मले विश्वमा सबैभन्दा छिट्टो बृद्धी भइरहेको भारतीय बजारलाई लक्षित गरेर फ्याक्ट्री बनाइरहेका छन् ।

यसले मोदीले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नलाई अघि सारेको ‘मेक इन इण्डिया’ कार्यक्रम सफल भइरहेको देखाएको छ ।

एशियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतले अघिल्लो वर्ष हाल सम्मकै ठूलो प्रत्यक्ष विदेशी लगानी भित्राउन सफल भयो । उक्त वर्ष भारतले पुनलगानी समेत ६२ अर्ब डलर विदेशी लगानी आकर्षित गर्न सक्यो ।
“अबसर विशाल छ,” सीएमआर पीभीटीका अनुसन्धानदाता फैसल कवूसाले भने ,“यस्तो ठूलो संरचनाले सामसङ्गलाई १.३ अर्ब जनसङ्ख्या भएको देशमा रहेको ठूलो माग पु¥याउन सहयोग गर्नेछ । यहाँ ४२.५ करोड त मोबाइल प्रयोगकर्तानै छन् ।”

सन् २०१७ मा भारतको स्मार्टफोन बजार १४% ले बृद्धी भयो । यो शिर्ष २० अर्थतन्त्रमध्य सबैभन्दा तीब्र वृद्धीदर हो । भारतमा नयाँ फोनको मागमा थप बृद्धी भइरहेको छ ।
चीनको मोबाइल निर्माता सायोमीले अप्रिलमा आफूले भारतमा थप तीन वटा उद्योग बनाउने घोषणा ग¥यो । यो वर्षको शुरुमा सायोमीले सामसङ्गलाई उसले लामो समयदेखि ओगटेको पहिलो स्थानबाट विस्थापित ग¥यो ।

आफ्नो नयाँ फ्याक्ट्रीमा १०,००० पर्ने सस्तो मोबाइलदेखि एस–९ सम्म बन्ने सामसङ्गले जानकारी दिएको छ ।

भारतमा सत्तो खालको मोबाइल बढी विक्ने गरेको छ । यही कारण एप्पलका मोबाइलले भारतमा बजार हिस्सा बढाउन संघर्ष गरिरहेको छ ।

अघिल्लो वर्ष स्मार्टफोन बजारको आकारको हिसाबमा भारतले अमेरिकालाई विस्थापित गरेर दोस्रो स्थान हासल ग¥यो । पहिलो स्थानमा भने चीन रहेको छ ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...