Saturday 14th November 2026
ट्रेन्डिङ
Image

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न युक्रेनलाई कठिन बनाएको छ। पछिल्लो रुसी आक्रमणमा मिसाइल अभावका कारण धेरै ब्यालिस्टिक मिसाइल रोक्न नसकिएको बताइएको छ। रुसले किभ र खार्किभका ऊर्जा संरचनामा आक्रमण गरेको थियो। किभमा चार जनाको मृत्यु…

Image

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार यो प्रतिबन्धका कारण निश्चित गतिभन्दा छिटो चल्ने हतियारहरूले नेटवर्कसँगको सम्पर्क गुमाएका थिए। स्पेसएक्सका मालिक इलोन मस्कले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै स्टारशिल्ड नामक सैन्य प्रयोजनको…

Image

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ अल बम्स) प्रयोग गर्ने सम्भावित योजना तयार गरेको छ। MOAB अमेरिकाको सबैभन्दा ठूलो गैर-आणविक बम हो। यसलाई प्रयोग गर्ने विषयमा अमेरिकी प्रशासन र सैन्य अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ। तर…

Image

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो । फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान…

Image

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। साउदी नेतृत्वको गठबन्धनले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको जनाएको छ। बुधबार साउदी राजधानी रियादमा शक्तिशाली विस्फोटका आवाज सुनिएको…

Image

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१ जना चालकदललाई सुरक्षित रूपमा बाहिर निकालिएको र घटनामा कोही घाइते नभएको सिंगापुरको मेरिटाइम एन्ड पोर्ट अथोरिटीले जनाएको छ। सिंगापुरका अधिकारीहरूका अनुसार मंगलबार अज्ञात प्रहारबाट जहाजमा क्षति पुग्नुका साथै आगलागी भएको…

Image

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै यो सफलता हासिल गरेको हो। एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। नेपाल सन् २०२७-२०२९ का लागि…

Image

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि हिरासतमा राख्नु अपवादात्मक उपाय भएको भन्दै केवल हिरासत अवधि लम्ब्याउने उद्देश्यले म्याद थप गर्न नमिल्ने स्पष्ट गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले म्याद थप…

Image

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका साझा सुरक्षा चासो, आपसी समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। भेटवार्तामा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका…

Image

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै…