Saturday 3rd October 2026
ट्रेन्डिङ
Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले “झुटा समाचार” प्रसारण गरेको आरोप लगाएका छन्। तर ह्वाइट हाउसले प्रतिबन्ध कार्यान्वयनबारे कुनै ठोस कदम नचालेको र पत्रकारहरू सामान्य रूपमा कार्यरत रहेको जनाइएको छ। अमेरिकी प्रेस स्वतन्त्रता पक्षधर संस्थाहरूले यस्तो…

Image

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा अमेरिकालाई स्थायी भूमिका दिने र रुस तथा चीनजस्ता अमेरिकी प्रतिद्वन्द्वी राष्ट्रलाई त्यहाँ सैन्य अड्डा स्थापना वा संवेदनशील क्षेत्रमा लगानी गर्न रोक लगाउने बताएका छन्। ट्रम्पले तत्काल ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति…

Image

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास झन् सशक्त बन्दै गएको बताएका छन्। उनले विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यता आधारित नियुक्ति र…

Image

सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित नाम टुंगो लगाएको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग…

Image

नेपाली राजदूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा खैतानस्थित मेट्रो मेडिकल केयरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना नेपाली नागरिक लाभान्वित भएका छन्। सेप्टेम्बर १८ मा सम्पन्न शिविरमा नेपाली श्रमिकहरूको रक्तचाप, ब्लड सुगर र कोलेस्ट्रोल परीक्षण गर्नुका साथै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। कुवेतका लागि नेपाली…

Image

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा यहाँहरूसँग बाँड्दैछु। मेरो जन्म वि.सं. २०४५ साल भाद्र १५ गते चितवनको फुलबारी वडा नम्बर ७ मा एउटा सामान्य परिवारमा भएको हो। अहिले त्यो ठाउँ भरतपुर महानगरपालिका वडा नम्बर १५ मा…

Image

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। राजदूतावासका अनुसार शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षणका साथै चिकित्सकसँग स्वास्थ्य परामर्शको व्यवस्था गरिएको थियो। उक्त शिविरबाट कुवेतमा रहेका करिब १५० नेपाली लाभान्वित भएका छन्।…

Image

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि युद्ध, आर्थिक समस्या र युक्रेनी ड्रोन आक्रमणका कारण देशभित्र चिन्ता बढ्दै गएको बताइएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित युनाइटेड रुसिया (United Russia) पार्टीले संसदमा आफ्नो बहुमत कायम राख्ने अपेक्षा गरिएको…

Image

संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ। प्रतिवेदन अनुसार, २८ फेब्रुअरी २०२६ मा इरानको दक्षिणी शहर मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको अमेरिकी आक्रमणमा १२० बालबालिका, २६ शिक्षकसहित कम्तीमा १५६ जनाको मृत्यु भएको थियो। सोही दिन लामेर्द शहरको…

Image

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार लाङटाङ–लिरुङ हिमालबाट ठूलो चट्टान र हिमनदीको भाग खसेपछि भीषण बाढी आएको थियो। सन् २०१५ को भूकम्पले कमजोर बनेको पहाड, बढ्दो तापक्रम, पग्लिँदो हिमनदी तथा ‘पर्माफ्रस्ट’ कमजोर…