Monday 19th October 2026

फ्रान्समा आन्दोलन चर्कियो, कर्फ्यु लागू गर्ने तयारी


फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने तयारी गरेको छ।

गत सप्ताहन्तभर देशभर व्यापक प्रदर्शन हुँदा केही समूहले पसल, सरकारी भवन तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेका थिए। झडपका क्रममा २,००० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने कम्तीमा दुई जनाको मृत्यु भएको र धेरै घाइते भएका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले जनधनको सुरक्षा गर्न केही सहरमा आंशिक कर्फ्यु लागू गर्न आग्रह गरेका छन्। मार्सेईमा सभा तथा प्रदर्शनमाथि अस्थायी प्रतिबन्ध लगाइएको छ भने पेरिसस्थित लुभ्र सङ्ग्रहालय पनि प्रदर्शनका कारण बन्द गर्नुपरेको थियो।

प्रदर्शन सुरुमा विद्यालयमा शिक्षक र स्रोतसाधनको अभावविरुद्ध विद्यार्थी तथा शिक्षकहरूको आन्दोलनबाट सुरु भएको थियो। पछि यो आन्दोलन महँगी, बेरोजगारी, सामाजिक असमानता तथा सरकारप्रतिको असन्तुष्टिसँग जोडिँदै देशव्यापी आन्दोलनमा परिणत भयो।

राष्ट्रपति इमानुएल म्याक्रोँले हिंसा र लुटपाटमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने बताएका छन्। साथै, आन्दोलनकारीहरूको माग सुन्न र समाधान खोज्न सरकारले छलफल गर्ने जनाएको छ।

यसैबीच, फ्रान्सको प्रभाव अन्य युरोपेली देशहरूमा पनि देखिन थालेको छ। बेल्जियम, पोर्चुगल, इटाली र अल्बानियामा समेत शिक्षा, महँगी तथा सरकारी नीतिविरुद्ध प्रदर्शन भएका छन्।

Provide your feedback on BizChat


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...