हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।…
तीतोपाटी - कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइ फर्काइदिएको छ। उनीहरु मंगलबार बिहान दुबई जान अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरुलाई प्रस्थान…
पर्यटन व्यवसायसँग सम्बन्धित छाता संगठनहरुले नेपालमा ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।गृह मन्त्रालय मातहतको अध्यागमन विभागले ३ वैशाखमा एक सूचना निकाल्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटीएमबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकोले नगद नै लिएर आउन सूचना…
विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…
तोयानाथ उपेक्षित, तीतोपाटी /आफ्नो देशको प्रचार प्रसार गर्नु र देशलाई विश्वमाझ चिनाउन प्रयास गर्नु सारा नेपाली नागरिकको कर्तव्य बन्छ त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरु र त्यहाँ रहेका नियोगहरुले झन धेरै प्रयत्न गर्नै पर्छ । कुवेत स्थित नेपाली राजदूतावासले आज एउटा त्यस्तै सहरानिय काम गरेको छ । कुवेतको सडकमा रातो…
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो। सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको…
चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले…