Sunday 27th September 2026

राजदूत भण्डारीलाइ मुरी मुरी धन्यवाद


तोयानाथ उपेक्षित, तीतोपाटी /आफ्नो देशको प्रचार प्रसार गर्नु र देशलाई विश्वमाझ चिनाउन प्रयास गर्नु सारा नेपाली नागरिकको कर्तव्य बन्छ त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरु र त्यहाँ रहेका नियोगहरुले झन धेरै प्रयत्न गर्नै पर्छ ।

कुवेत स्थित नेपाली राजदूतावासले आज एउटा त्यस्तै सहरानिय काम गरेको छ । कुवेतको सडकमा रातो रंगका सिटी बसमा नेपाली झण्डा सहितका रंगिन पोष्टर बोकेर गाडीहरु कुदेको देख्न सकिन्छ । नेपाल र कुवेत बीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० वर्ष को सन्दर्भ पारेर ती गाडीहरुमा उक्त संदेश सामाग्रिहरु राखिएको हो । जुन सम्बन्धको श्रीगणेश ईस्वि सम्बत १९७२ मा भएको थियो ।

दुतावासको अफिसियल फेसबुक पेजमा एक कार्यक्रमका विच उक्त कार्य शुभारम्भ गरिएको समाचार र सम्बन्धित तस्विरहरु आज पोष्ट गरिएका छन । नेपाली राजदुतावासको अनुरोधमा सिटी ग्रुपले आफ्ना सार्वजनिक बसहरुमा निशुल्क रुपमा उक्त सहयोग गरेको हो । सिटी ग्रुपका सिईओ डाक्टर धिरज भारध्वज र नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले संयुक्त रुपमा रिवन काटेर उक्त कार्यको अनावरण एक कार्यक्रममा गर्नु भएको थियो ।

सिटी ग्रुपले कुवेतमा संञ्चालन गरेको सिटी बस यहाँको सवै भन्दा धेरै लोकप्रिय र आरादायी सार्वजनिक यात्रु बहाक सवारी साधन हो । करिब ३ दर्जन रुटमा उक्त बसले आफ्नो सेवा विस्तार गरेको छ । दुई तले गाडीहरु पनि सो कम्पनीले केही वर्ष यता कुवेतमा भित्र्याएको छ । जसलाई कुवेतको सडक अनुरुप नै डिजाईन गरिएको बताईन्छ ।

सन २००२ मा स्थापना भएको सिटी बसले कुवेतको सरकारी यातायात सेवा लाई लगभग बन्द हुने स्थितीमा पुर्याएको छ । एक तथ्यांक अनुसार सिटी बसमा एक बर्षमा करिब ४ करोड ८० लाख मानिसले यात्रा गर्ने गर्दछन । उक्त बसमा काम गर्ने कामदारको संख्या हालका दिनमा १५ सय रहेको छ ।

नेपालमा एउटा बस मा यात्री ओर्सानका लागि औसतमा ३ जना कर्मचारीले काम गर्ने गरे पनि यहाँ भने नेटवर्क प्रविधी जडान भएकाले गर्दा पैसा उठाउने वा ढोका सिटी बजाउने कर्मचारी हुने गर्दैनन । सवै काम एक जना ड्राईभरले समालि रहेको हुन्छ । सीटी बस चलाउनेमा नेपाली ड्राईभर पनि प्रसस्तै छन ।

नेपालको प्रचार प्रसार लाई आपसी देशको कुटनैतिक सम्बन्धको ५० वर्षको सन्दर्भ पारेर जे गरियो उक्त काम प्रशंसनिय पक्कै छ । यसका लागि नेपाली दुतावासलाई मुरीमुरी धन्यवाद ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...