Sunday 24th May 2026

ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन पर्यटन व्यवसायीको माग


पर्यटन व्यवसायसँग सम्बन्धित छाता संगठनहरुले नेपालमा ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।गृह मन्त्रालय मातहतको अध्यागमन विभागले ३ वैशाखमा एक सूचना निकाल्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटीएमबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकोले नगद नै लिएर आउन सूचना जारी गरेको थियो । यसबाट पर्यटन सेवा प्रवाहको कमजोरी छर्लङ्ग पारेको भन्दै व्यवसायीले यसको विकल्पमा ई-भिसा जारी गर्न सकिने बताएका हुन् । सामान्य कमजोरी सुधार गर्नुको सट्टा नेपाल भ्रमणमा आउने पर्यटकलाई नगद नै ल्याउनु पर्ने भन्ने झन्झटीलो व्यवस्थाले पर्यटकहरुलाई नेपाल प्रति थप नकारात्मक बनाउने र हाम्रो संरचना प्रति विश्वासनियता समेत घटाउने उनीहरुको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटेल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् ।

त्रिभुवन विमानस्थलमा एटीएम मेसिनसहितका संरचना थप गरी पर्यटक आगमनलाई सहज बनाउने गरी काम गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल आउने पर्यटकहरुलाई प्रभावित गर्ने यस्ता सूचनाहरु बारम्बार छोटो समयमा जारी भइरहँदा पर्यटकहरुलाई थप जटिलता थप्ने तर्फ सचेत रहन समेत व्यवसायीले अनुरोध गरेका छन् । यस्ता निर्णय लिँदा पर्यटन व्यवसायीको राष्ट्रिय संस्था तथा सरोकारवालासँग परामर्श नगरी गर्ने प्रचलनबाट पर्यटन व्यवसाय थप प्रभावित हुने हुँदा आगामी दिनहरुमा यस्ता निर्णय गर्नु अघि सरोकारवालासँग आवश्यक परामर्श लिन समेत आग्रह गरिएको छ ।

-अनलाइन खबरबाट 


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...