तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…
तितोपाटी - कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा…
तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् । विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।…
बिनोद देवकोटा- गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। केही मन्त्री थपिए भने केहीको जिम्मेवारी हेरफेर गरियो। सत्तारुढ नेकपाकै मन्त्रीहरुको जिम्मेवारी हेरफेरलाई स्वभाविकरुपमा लिइए पनि सत्ता साझेदार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पनि जिम्मेवारी हेरफेर गरियो। उनी स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगे। समाजवादी…
तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो।काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको…
तितोपाटी - मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अहिले बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको बताएको छ । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो। अहिले प्रधानमन्त्री ओली केहि पाइला हिड्न सक्ने भएकाछन्। अस्पताल श्रोतले…
तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको…
तितोपाटी - निजी मेडिकल कलेज सञ्चालकहरू एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा मंगलबार मध्यरात सम्पन्न वार्तामा निजी मेडिकल कलेज सञ्चालकहरूले उक्त सहमति जनाएका हुन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको उक्त वार्ताले दुईवटा निर्णय गरेको छ। पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि…
काठमाडौं -प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दोस्रो विज्ञप्ति सार्वजनिक गरेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ : ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।सम्माननीय…
हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…
![]()