तितोपाटी- बलात्कारको आरोप लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी सिद्धबाबा जेल चलान भएका छन् । जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा जिल्ला अदातल सुनसरीमा उपस्थित भएसंगै जेल चलान भएका हुन् । उनी आज बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।
तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै…
तितोपाटी- वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरूमा श्रम स्वीकृति दिन बन्द गरेको छ विभागकाअनुसार आठ भन्दा बढी देशहरूमा श्रम स्वीकृति बन्द गराइएको हो । सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको…
तितोपाटी- कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर…
राष्ट्रिय सभागृहमा आइतबार (१८ फागुन) आयोजित कार्यक्रममा सतारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भयो । प्रचण्डमाथि यसरी प्रहार भएको यो पहिलो घटना भने होइन । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हातपात…
जुम्ला- नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको स्पष्ट पारेको छ। नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जुम्लामा पनि पटक पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले…
तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो। पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि…
भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्नो समूहका नेतालाई संयोजक बनाएका छन् । …
सुकुटे -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् । प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन…
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा…
![]()