Wednesday 14th October 2026

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको खुलासा


जुम्ला- नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको स्पष्ट पारेको छ।

नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा  जुम्लामा पनि पटक पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति भएको बताएका हुन्। विज्ञप्तिमा भनिएको छ,‘जति निन्दा गरेपनि नपुन्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला सिँजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन। यो विप्लव समूहको गतिविधिमा रहेको ब्यक्ति हो।’

पूर्वलडाकू र सहिद परिवार भनेर हल्ला भइरहेकोमा कुनै सत्यता नरहेको अध्यक्ष कुँवर बताउँछन्।   सार्वजनिक स्थलमा गम्भीर प्रकारको घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न नेकपा जुम्लाले माग गरेको छ। आज जे जति राजनीतिक उपलब्धी र परिर्वतन भएका छन्। त्यो प्रचण्डको नेतृत्वमा भएका हुन्। विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक परिर्वतनका सुत्रधार कमरेड प्रचण्डमाथि गरिएको निन्दनीय कार्यको नेकपा जुम्ला घोर भत्सना गर्दछ।’

-नागरिक न्युजबाट 


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...