Thursday 14th May 2026

चुनाव हार्दैमा वामदेवलाई अयोग्य भन्‍न मिल्दैन : प्रचण्ड


सुकुटे -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् ।

प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए ।

‘५५ अर्बको लागि आफ्नो राष्ट्रिय हित विपरीत सम्झौता हुँदैन, संशोधन नगर्दा अघि बढ्न कठिन छ,’ प्रचण्डले भने । दाहालले पार्टी एकता सुदृढ हुँदैगएको पनि बताए । नेता वामदेव गौतमको विषयलाई लिएर सुरु विवादबारे पनि प्रचण्डले विरोध गर्नु गलत रहेको संकेत गरेका थिए ।

एकाध नेताले निहुँ खोज्दैमा पार नलाग्ने र राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने उपाध्यक्ष वामदेव गौतमको व्यक्तिगत चाहना भएको उनको भनाइ थियो । संविधान संशोधनको शर्त फिर्ता लिएपछि मात्र वामदेवलाई राष्ट्रियसभामा पठाउने निणय भएको उनको दाबी थियो ।

‘नारायणकाजी श्रेष्ठ, वामदेव गौतम जस्ता मान्छे संसदमा पठाउँदा राष्ट्रियसभाको इज्जत बढ्छ । चुनाव हार्दैमा उहाँलाई अयोग्य भन्न मिल्दैन,’ दाहालले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयको बचाउ गर्दै भने ।

सुकुटेसँग सम्बन्ध

बेलुन उडाएर महोत्सव उद्घाटन गरेका दाहालले कार्यक्रममा सुकुटेसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका थिए । प्रचण्डले पटक पटक आराम गर्न र पार्टीको बैठक बस्न समेत सुकुटे आउने गरेको स्मरण गरे ।

राजधानीबाट नजिकको गन्तव्य भएकाले सुकुटे बिस्तारै पर्यटक हब बन्न थालेकोमा खुसी व्यक्त गरेका थिए । दाहालले सुकुटेको पर्यटन प्रवद्र्धन गर्न स्थानीय उत्पादन उपभोगमा जोड दिनुपर्ने धारणा राखे ।

पर्यटक आकर्षित गर्न सुनकोशीको संरक्षणमा विशेष ध्यान दिन पनि स्थानीयलाई आग्रह गरे । महोत्सवमा सहभागी हुन दाहाल शुक्रबार अपराह्न चितवनबाट हेलिकोप्टरमा सिधै सुकुटे आएका थिए । शुक्रबार परिवारसहित र्‍याफ्टिङ गरेका दाहालले शनिबार सुनकोशी नदीमा पहिलो पटक भित्र्याइएको जेट बोटके समेत उद्घाटन गरेका थिए ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...