Friday 4th September 2026
नेपालको समाचार
Image

तितोपाटी - वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा असुल्न सुरु गरेका हुन् । केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन्…

Image

तितोपाटी - पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी…

Image

तितोपाटी - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको हो। वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए। वाइड…

Image

तितोपाटी - आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो। बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि…

Image

तितोपाटी - सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले…

Image

तितोपाटी - टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्। सपथसँग सभामुख महराले चाैधरीलाई संसदकाे लागाेसमेत उपलब्ध गराएका छन्। यसअघि हिँजै विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो। जेलको कानुनी प्रकृया…

Image

तितोपाटी - जन्मजात एक मात्र मिर्गौला भएका र त्यही मिर्गौला पनि खराब भई पश्चिमाञ्चल क्षेत्रिय अस्पातल पोखरामा डाइलीसिस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवासी हेम बहादुर रेग्मीको उपचारको लागि श्री स्वधर्म माबि पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सँस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी…

Image

तीतोपाटी- माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ। काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो। सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल…

Image

तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो। केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव…

Image

तीतोपाटी-वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ र बर्दियाका १०१ महिला  घरपरिवारबाट सम्पर्क विहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन्। गएको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन…