Friday 26th April 2024
नेपालको समाचार
Image

तितोपाटी - म्याग्दीकाे रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ। छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए। बाढीले घ्याँसीखर्कस्थित…

Image

तितोपाटी - फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र…

Image

तितोपाटी - बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुलाई…

Image

तितोपाटी - कञ्चनपुरमा भएको १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्याको मुद्दामा प्रहरीले पक्रेका मुख्य अारोपी भनिएका दिलीप सिंह बिष्ट र चक्रदेव बडु दुबै निर्दोष सावित भएका छन् । उनीहरूको डिएनए परिक्षण पश्चात उनीहरू कसुरदार नभएको प्रमाणित भएको हो ।  निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ…

Image

तितोपाटी - निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् । निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा…

Image

तितोपाटी - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको अाज बिहानैदेखि भीड…

Image

तितोपाटी - सरकारी साक्षी नै अदालतमा उपस्थित नभएपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डको न्याय निरुपण कमजोर बनेको छ । आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् । कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात…

Image

तितोपाटी - ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन…

Image

तितोपाटी - अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन्। उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ। पक्राउ पर्नेमा…

Image

तीतोपाटी- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल आज जेलबाट रिहा भएका छन् । चितवनमा तत्कालीन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपीको रूपमा थुनामा रहेका ७९ वर्षीय छविलाल पौडेललाई जिल्ला अदालत चितवनले २४ भदौमा सफाई दिएको हो । गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण…