Wednesday 26th August 2026

त्रिविका सहायक डीन नै याैन दुराचारी, विद्यार्थीले दले कालोमोसो


तितोपाटी – एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो दलेका हुन्।

केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप छ। साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्।

जबर्जस्ती गरेको भन्दै छात्राले शिक्षा संकायको डीन कार्यालयमा निवेदन समेत दिएकी थिइन्। आरोपित साह कीर्तिपुर प्रहरीको नियन्त्रणमा छन् ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...