Thursday 30th July 2026
नेपालको समाचार
Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ नोक्सानी पुर्याएको आरोप लगाउदै विशेष अदालत…

Image

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको हो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न…

Image

नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको हो। कार्यालयका अनुसार पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ। कार्यालयको तथ्यांक अनुसार सबैभन्दा…

Image

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने…

Image

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं राष्ट्रिय महाधिवेशनमा बराललाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरेका हुन् । महासंघको २७ औं महाधिवेशन शुक्रबार सुरु भएर आज शनिबार सम्पन्न भएको थियो । प्रेस स्वतन्त्रता…

Image

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न…

Image

अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय, पशुपतिको सम्पत्ति फिर्ता गर्ने तयारी काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क…

Image

रासस- इस्लामावादस्थित नेपाली दूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये…

Image

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो भाइ मलेसियाबाट जनवरी ६ तारिकदेखि हराइरहेका छन्, खोजीको लागि सहयोग गरिदिनु पर्‍यो ।’ हामीले उहाँसँग बुझ्दै जाँदा उहाँका भाइ, बैतडी पुचौंडीका २१ वर्षीय धीरेन्द्र महरा करिब १ वर्ष अघि काममा…

Image

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका छन् । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ भने नौ खर्ब बराबरका एक सय ५१ परियोजना…