Sunday 11th January 2026
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने- नेपाल एयरलाइन्सले कुवेतमा समास्यामा परेका नेपालीहरुका लागि अगष्ट २८ र ३१ तारिक २ वटा चार्टर उडान गर्ने भएको छ।नेपाली राजदूतावासले आज एक सुचना मार्फत उडानको बारे जानकारी गराएको हो।यसै बिच यो उडानबाट फर्किने कामदारहरुको लागि कोरोना परिक्षण (पिसिआर टेस्ट) अनिवार्य गरिएको छैन। नेपाली राजदूतावास कुवेतको सुचना अधिकारी…

Image

हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। उक्त ३१ देशबाट सिधा उडान मार्फत…

Image

हरि कृष्ण न्यौपाने-पाँचथर घर भई कुवेतमा कार्यरत गोकुल प्रसाद तामाङले आत्महत्या गरेका छन।करिव ३५ बर्षिय तामाङले अगष्ट १९ बुधबार, २०२० का दिन कुवेतको मंगफमा रहेको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तामाङको आत्महत्या बारे प्रारम्भिक जानकारी आएको तर पूर्ण बिबरण भने आउन बाँकी…

Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…

Image

हरि कृष्ण न्यौपाने-आप्रबासी कामदारहरुलाई भिसा बिक्री बितरण गर्न नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नराखिएको र ब्यबसायिक कृयाकलापहरु नगरिएका कम्पनीहरु मार्फत भिसा लिएर कुवेत आएका १ लाख आप्रबासीहरुले २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।यसरी फर्किने आप्रबासीहरुले पुन:कुवेत आउन नपाउने भएका छन।यसरी भिसा बिक्री गर्नेमा ४५० वटा नक्कली कम्पनीहरु…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…

Image

हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…

Image

हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…