Wednesday 9th September 2026

तामाङ समाज पोर्चुगलद्धारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग


तितोपाटी- तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो ।

जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । ‘यस्तो प्राकृतिक विपद्का बेला पीडित परिवारलाई सहयोग पूर्याउने उद्धेश्यले रकम संकलन गरिएको हो। समाजका अध्यक्ष मिङमार लामाले भने, ‘सानो रकम भएपनि पीडितलाई राहत पुग्ने हाम्रो विश्वास छ ।’

अध्यक्ष लामाका अनुसार संकलित रकम हेलम्बु गाउँपालिका वडा नं ५ का वडा सदस्य फुर्पा लामामार्फत जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । उनले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले प्रवासमा रहेपनि जन्मभूमिमा परेका समस्यालाई समाधान गर्नु सबैको दायित्व रहेको बताएका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...