कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन आएको छ…
निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन्…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच"…
तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…
लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…
लुलु हाइपरमार्केटले ‘जोय अफ सेयरिङ’ अभियान सुरु गरेको छ । रमजानको पवित्र महिना अरूको लागि दया र हेरचाह गर्ने समय हो । र सँगी मानवहरू, विशेष गरी समाजका कम भाग्यशालीहरूका लागि समानुभूति र चासोको भावनालाई प्रतिबिम्बित गर्दै लुलु हाइपरमार्केट कुवेतले 'जोय अफ सेयरिङ' शीर्षकको मानवीय पहल सुरु गरेको छ। जुन…
कुवेतको निजामती सेवा आयोगले "इदु उल फित्र" मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ । निजामती सेवा…
वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्…
बदर अल समा मेडिकल सेन्टर कुवेतले ३२ वर्षको वैदेशिक जीवनपछि कुवेत छाड्नुभएका प्रख्यात समाजसेवी तथा कला कला कुवेत संघका कोषाध्यक्ष श्री हसन कोयाको विदाई सभा सम्पन्न भएको छ । बदर अल समाका शाखा प्रबन्धक अब्दुल रजाकको सभाध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा बोल्दै श्री हसन कोयाले समाजमा खाँचो परेकाहरूलाई मद्दत गर्न विभिन्न…
![]()